ललितपुरकाे भैंसेपाटी प्रहरी प्रभागबाट राति नै तीन थुनुवा भागे

काठमाडौं । हिजाे (साेमबार) राति ललितपुरकाे भैंसेपाटी प्रहरी प्रभागबाट ग्रिल उप्काएर तीन थुनुवा भागेका छन् । भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागकाे हिरासतबाट ती अभियुक्त फरार भएकाे प्रहरीले जनाएकाे छ ।
ललितपुर प्रहरीका अनुसार चाेरी-डकैति मुद्दामा थुनुवा परेका २ र लागुअाैषध मुद्दाका अभियुक्त फरार भएका हुन् । ग्रिल उप्काएर भागे उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
फरार अभियुक्तकाे नाम-परिचय खुलाइएकाे छैन् । उनीहरूकाे व्यापक खाेजि भइरहेकाे प्रहरीले जनाएकाे छ ।घटनाबारे थप जानकारी अाउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता