सूर्योदय नगरपालिका वडा नम्बर १३ का स्थानीयले दिए वडा भवन र स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा

इलाम, २४ साउनः इलामको सूर्योदय नगरपालिका वडा नम्बर १३ का लागि वडा कार्यालय भवन र स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय जग्गा दाताहरुले निःशुल्क जग्गाहरु प्रदान गरेका छन । 
वडा कार्यालय भवनका लागि स्थानीय   तिलक बहादुर बिकले नौलाख रकम  पर्ने तीन रोपनी जग्गा  वडा कार्यालयको नाममा पास गरीदिएका छन  भने स्वास्थ्य चौकिका लागि स्थानीय युवराज आचार्य र श्री चुडामणी कट्टेलले करीब पच्चिसलाख रकम बराबरको  पुरानो पोखरीको राजमार्ग सँग जोडिएको दुई रोपनी बाह्र आना जग्गा  कार्यालयको नाममा  राजीनामा गरीदिएको वडाध्यक्ष धन बहादर राइले बताए । 
सूर्योदय नगरपालिकामा समावेश पछि साविक लक्ष्मिपुर सूर्योदयका २  वटा वडा माइनगरसँग  बिभाजन भए सँगै वडा नं १४ लाई  पुरानो गाविस भवन पायक गर्ने भएकाले १३ वडा अरुको घर भाडामा लिएर बस्तै आएको थियो लामो कसरत पछि उक्त जग्गा दाताहरुबाट उपलब्ध भएसँगै यसै आर्थिक बर्षको बजेटले वडाकार्यलय भवन बनाउन शुरु गर्ने निश्चित भएको वडाध्यक्ष राइले बताए यस्तै यस्तै १३ नं मा स्वास्थ्य चौकी समेत नभएको १४  कै स्वास्थ्य कार्यलयबाट सेवा लिनु परेको हुँदा वडाबासीलाई सास्ती परेको बताउदै यसै आर्थिक बर्षमा भवन निमार्णका लागि वडा कार्यलयबाट माथिल्लो निकायमा पहल समेत गरीएको वडाध्यक्ष राइले बताएका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता