नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका सार्वजनिक



  • दीपक उपाध्याय

साउन २४, कैलाली । प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लप राज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।
उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक सुदीप गिरीले जानकारी दिए। 
उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ।पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढको थियो ।
न्युज२४बाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता