एकाबिहानै त्रिशूलीमा बस खस्दा ३ को मृत्यु : १२ जना गम्भीर घाइते, २५ बेपत्ता

गजुरी । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।
मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन । बसमा ४० भन्दा बढी यात्रु रहेको आशंका गरिएको छ ।
उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ र उद्दार कार्य जारी रहेको छ । थप क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता