इलामे सर्जकहरुको सृजनामा अञ्जुको स्वर

इलामका युवापुस्ताका चर्चित गजलकार शिशिर भट्टराईको रेकर्ड भएको पहिलो गजल पानी भर्नेको म्युुजिक भिडियो सार्वजानिक भएको छ।
इलामे सर्जकहरुको सृजनामा अन्जु पन्तले स्वर दिएको गजलको म्युजिक भिडियो हालै सार्वजानिक भएको हो ।
युवा गजलकारको रुपमा ख्याति कमाएका इलाम फाकफोकका गजलकार शिशिर भट्टराईको गजल र इलाम सिद्दिथुम्का घर भई हाल अमेरिका बस्दा आएका मुरारी गुरागाईको संगित रहेको पानी भर्न आउने बोलको गजल को म्युजिक भिडियो सार्वजानिक भएको हो । अन्जु पन्तको आवाज रहेको गजलमा ग्रामिण परिवेशका बिम्बहरुलाई गजलकारले कलात्मक रुपमा लिपिबद्ध गरेका छन्। गजलकार भट्टराईले प्रेमिल सवांदलाई सालिन र मिठासरुपमा पस्केका छन्। 
हजुर आउनु पधेरीमा,पानी भर्न आउँछु
पानी भर्ने निहुँ गरी नजर पर्न आउँछु ।।
चुरा दिनु,पोते,दिनु दिनु सिन्दुर पनि,
र’पो साँझ परेपछि नजिक सर्न आउँछु ।।
लिङ्क यहाँ छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता