तल्लो हेवाकाे २२ मेघावट केन्द्रीय प्रसारणमा जोडीयो

पाँचथर, १६ साउनः पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका निर्माण क्षेत्र भएको तल्लो हेवा जलविद्युतआयोजना केन्द्रीय प्रसारणमा जोडिएको छ । परिक्षण प्रसारणको रुपमा २२ मेघावटको आयोजना केन्द्रीय प्रसारणमा जोडिएको हो । पावर हाउसबाट ३ दशमलव २ किलोमीटर टाडा फिदिमको थापाटारमा रहेको कावेली करीडोरको सवस्टेशन मार्फत उक्त आयोजना बाट उत्पादितविद्युत केन्द्रीय प्रसारणमा जडान गरीएको छ । आईतवार देखि व्यवसायिक उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले माउण्टेन हाईड्रोपावर कम्पनीले जानकारी दिएको छ ।
१५दिनको परिक्षण उत्पादन सकिएर आईतवारदेखि व्यवसायि उत्पादन थालिने प्रवद्र्धक पाँचथर पावर कम्पनीका निर्देशकदिपेन्द्र आङबोले जानकारी दिए । हेवा र फेमे खोलाको पानी सुरुङमार्गबाट ल्याएर १ सय ८६ मीटर हेडबाट पावर हाउसमा खसाइएको छ । सफलतापूर्वक विद्युत उत्पादन भएको प्रवद्र्धक कम्पनीको भनाई छ । दुइ वटा इन्टेक बनाइएको छ । हेवाको पानी एक किलोमीटर सुरुङबाट फेमेमा निकालेर त्यहाँबाट चार किलोमीटर सुरुङ मार्फत पावर हाउसमा पानी खसाइएको छ ।
प्राविधिक हिसाबमा सफलतापूर्वक विद्युत उत्पादन भइरहेको प्लान्ट इन्चार्ज नोभेश्वर यादवले जानकारी दिए । रन अफ रिर्भरमाआधारीत रहेर यो आयोजनानिर्माण भएको हो । सातबर्ष अगाडी देखि यो आयोजनानिर्माणको गतिविधि सुरु भएको थियो । ३० महिनामा सकिने गरी कामथालिएको आयोजना झण्डै पचास महिनामात्र सकिएको हो । 
आयोजनानिर्माणमा ढिलाई हुँदालागत समेत बढेको प्रवद्र्धक कम्पनीको भनाई छ । भुकम्प, नाकाबन्दी, स्थानियअवरोध, ठेकेदारले समयमा काम नगर्दिदा समस्या भएको उनीहरुको भनाई छ । ३ अर्ब ६६ करोडको लागत अनुमान बढेर ४ अर्ब ३० करोड पुगेको निर्माण पक्षले जानकारी दिएको छ ।आयोजना ढिलाई, स्थानियको अवरोध, नाकाबन्दी, बन्द लगायतका कारणले ढिलाई हुँदालागत बढेको आयोजनाप्रमुख गणेश सुब्बाले जानकारी दिए । ६५ प्रतिशत बैँकको र बाँकि प्रवद्र्धक कम्पनीका सदस्यतथा सर्वसाधारणको सेयर लगानीले यो आयोजनानिर्माण भएको हो ।
फिदिम टुडेबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता