इलामको आदर्श माविको ‘स्मार्ट विद्यालय’को उद्घाटन सिटीहलमा

इलाम, २४ साउनः इलाम सदरमुकामको पुरानो माध्यामिक विद्यालयको सुचना प्रविधिमैत्री शिक्षा (स्मार्ट विद्यालय) को प्रमुख अथिती  पुर्व सभामुख तथा संघिय सभाका साँसद सुवास चन्द नेम्बाङले आज एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो । आर्दश मा. वि. ब्यवस्थापन समितिका अध्यक्ष कोमल निरौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेम्बङले आफुले अध्ययन गरेको बिद्यालयको अध्यापन बिधि स्मार्ट विद्यालयको रुपमा संचालन भएको देख्न पाँउदा आफुलाइ ज्यादै खुशिलागेको बताउदै विद्यालयका पुराना शिक्षकहरु केबि गुरुङ, प्रधानाध्यापक देवीदास श्रेष्ठ, गणित पढाउने  कैलाश सर र संस्कृतका  शास्त्रि गुरुलाई कहिल्यै नभुल्ने बताउदै आगामी दिनमा यस विद्यालयलाई पर्ने समस्यामा समेत सहयोग गर्ने बताए ।
सूचना प्रविधि मन्त्रालयका महानिर्देशक लक्ष्मि कान्त यादवले सरकारले एक निर्वाचन क्षेत्र बराबर एक स्मार्ट विद्यालय स्थापना गर्ने उदेश्य अनुरुप पहिलो पटक प्रदेश नं १ मा एकमात्र स्मार्ट विद्यालय इलामको आर्दश मा. वि. छनौटमा परेको बताउदै यसको उपयोग गर्न सके उपलब्धि हााँसिल हुने बताउदै स्मार्ट विद्यालय संचालनका लागि इन्टरनेटको पँहुच आवश्यक रहेको र उक्त सेवाका लागि दुर संचार संस्थान सँग निःशुल्क उपलब्ध गराउने कार्यको समेत पहल गरीने बताए । 
कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्यले आर्दश मा.वि.का विद्यार्थीहरुले  नेपालको राणकालीन परिर्वतन देखी पंचायत हुँदै लोकतान्त्रिक आन्दोलन सम्म महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममा नेपाल शिक्षक संघका प्रदेश नं १ का सभापति पुर्ण गौतम, आर्दश मा.वि.का पुर्व बिद्यार्थी संघका अध्यक्ष हरी सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए । साठी वटा ब्रान्डेट कम्पयुटर ,स्मार्ट बोर्ड , सिसि क्यामेरा , मल्टिमिडिया साउण्ड सिस्टम सहित संचालन हुने उक्त स्मार्ट विद्यालयमा अब देखि चक , मार्कर र डस्टर रहित अध्यापन हुने प्रधानाध्यापक कुमार पौडयालले बताए ।  
यस संघिय सरकारको मुख्य सहयोग र प्रदेश सरकारको प्राविधिक सहयोगमा संचालन भएको प्रविधि मैत्री विद्यालयमा दृघकालीन स्रोत साधन नभए सम्म यसलाइ संचालन गर्न समस्या पर्ने ब्यवस्थापन समितीका अध्यक्ष कोमल निरौललो बताए । पुर्व प्रधान मन्त्रि झलनाथ खनाल , पुर्व सभामुख सुवास चन्द्र नेम्बाङ , काँगेस पुर्व महामन्त्रि के.वि गुरुङ लगायत बिशिष्ट ब्यक्तिहरुले अध्ययन गरेको विद्यालय केहि बर्ष अघि नमुना स्कुल समेत घोषण भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता