इलामको निर्माणधिन बसपार्कको काम गुणस्तरहीन

इलाम २९ साउन :  निर्माण हुँदै गरेको इलामको नयाँ बसपार्कको निर्माण गुणस्तरहिन भएको पाइएको छ । बसपार्कको भवन र त्यहाँ निर्माण भएका संरचना गुणस्तरहीन भएको पाइएपछि त्यसको अनुषन्धान शुरु गरिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापा, फिल्ड कार्यालय इलामका इन्जिनियर सुदिप झाले  जानकारी दिएका हुन । 
इलामको सेरामा निमार्ण भएको बस पार्कको संरचनामा गुणस्तर नभएपछि २०७४ सालमा निर्माण शुरु भएको बसपार्कमा बनेकोे भवनको पिलरमा नै समस्या देखिए पछि ठेकेदारबाट भवन कार्यलयले जिम्मे बुझेको छैन । 
कार्यलयका अनुसार संरचनाको भेलोसीटी मेथर्ड अन्तर्गत परिक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि मात्र अन्य प्रकृया अगाडि बढ्ने इन्जिनियरको भनाइ छ । झाका अनुसार प्रारम्भिक परिक्षणका क्रममा नै पीलर निर्माण गर्दा निर्माण व्यवसायिले मापदण्ड पुरा नगरी कमसल सामग्री प्रयोग गरिएको पाइएको हो । बसपार्कमा बनाइएको कालोपत्रे सडक र सोलार बत्ती समेत निर्माण सम्पन्न नभइ बल्न छाडेको स्थानीय बासीको भनाइ छ । इलाम नगर पालिकाका प्रबक्ता ठाकुर नारायण श्रेष्ठले प्रविधिक समस्यालाइ ठेकेदार र कार्यलयमा कसको कमजोरी छ कमजोरी गर्नेले नियमत के गर्नुपर्ने त्यो प्रक्रियामा अघि बढेर समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनुपर्ने बताए । 
पछिल्लो पटक भवन लगायतका संचरना निर्माणका लागि ठेक्का लिएको खनाल कन्स्ट्रक्सन कम्पनीले लिएको थियो । भवन सम्झौता अनुरुपको गुणस्तर नभएको पाइएमा भवन भत्काउन पर्ने प्राविधिकहरुको भनाई छ । नयाँ बसपार्क निर्माण भएपपनि हस्तान्तरण हुन सकेको छैन । कार्यालयका अनुसार विरुवा भगवती जेभी ले मेची राजगर्मादेखी बसपार्कसम्म कालोपत्रे कार्य, सर्टिङ र शौचालय निर्माणका लागि २०७३ असार १६ मा सम्झौता भएको थियो । एक करोड आठ लाख १२ हजारमा ठेक्का सम्झौता भएपनि हाल सम्म कामको फाइनल हुन सकेको छैन । पटक पटक म्याद थपको काम भएपनि फिनिसिड. नभएकाले फाइनल हुन नसकेको बताइएको छ । यस्तै २०७४ बैशाख १०मा खनाल कन्ट्रक्सनसँग भवन समेत टिकट काउण्टर, वर्कशप, सटर र शौचालय समेत निर्माणका लागि तीन करोड ४२ लाख दुइ हजार मा सम्झौता भएको थियो । 
सन्दकपुर अनलाईनबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता