इलाम सूर्योदयको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुँदा २२ लाख भन्दा वढीको क्षति

फिक्कल ३० साउनः  इलाम सूर्योदय नगरपालिका–१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी भएको छ । मंगलबार  बिहान ६ बजे बिद्युत सर्ट भएर आगलागि  हुँदा २२ लाख ५० हजार  बराबरको क्षति भएको उद्योगका संचालक गोपाल कट्टेलले बताए ।  हिटर,चिम्लि, २ थान पानी तान्ने मोटर, २ थान फेन र २ हजार केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षति भएको हो । आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पउने ७ बजे नियन्त्रणमा लिईएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता