कतार नेपाली नागरिकमाथि आक्रमण : एकको मृत्यु, ५ घाइते

काठमाडौं । कतारको राजधानी दोहामा नेपाली नागरिकमाथि आक्रमण भएको छ । दोहामा रहेको जैदा पार्कमा ६ जना नेपाली माथि आक्रमण भएको र सो मध्ये १ को मृत्यु भएको एवं अन्य ५ गम्भिर घाइते भएको नेपाली राजदूतावासले जनाएको छ ।
आक्रमणमा परि मृत्यु हुनेमा सुनसरी घर भएका तबरेज अन्सारी रहेका छन् भने अन्य घाइतेहरु पनि सुनसरीकै रहेको जनाइएको छ । उनीहरुको सबै विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ ।
मृत अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको छ । त्यस्तै आक्रमणमा परि गम्भीर घाइते भएका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत र रहेको दूतावासले जनाएको छ ।
त्यस्तै घटनामा घाइते भएका अकबर मिया र महसुद अन्सारी प्रहरीको नियन्त्रणमा रहेका र नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएको राजदुतावासले जनाएको छ । नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्नेबारे विज्ञप्तीमा केही खुलाइएको छैन् ।
घटनापछि दुतावासले सबै नेपालीलाई होसियार रहन आग्रह गरेको छ । अनावश्यक भिडभाड हुने ठाउँमा नजान एवं जानै परे सर्तकता अपनाएर जान कतारमा रहेका नेपाली नागरिकलाई दुतावासले आग्रह गरेको छ ।

विज्ञप्ती हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता