दार्जिलिङको मंगरजोडमा पनि निर्मल विद्यालय सप्ताह अभियान आरम्भ

इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालय मंगरजोडले प्रधानाध्यापक विमल राईको उपस्थितिमा आज विद्यालयका कक्षा पाँच देखि कक्षा बाह्र सम्मका छात्र छात्राहरूलाई लिएर शिक्षा विभागको निर्देशलाई आत्मसात गरेर निर्मल विद्यालय सप्ताह अभियान आरम्भ गरियो। विशेष यो आजको पहिलो दिन थियो,जसमा विद्यालयका विद्यार्थीहरूले हरियो वन सबैको धन, पानीको संरक्षण, विद्यालय सफा राखौं र प्लास्टिक मुक्त बनौं आदि जस्ता प्लेकार्ड हातमा लिएर विद्यालय परिसरदेखि मंगरजोड चियाबारीको फ्याक्ट्री नजिक सम्म ऱ्याली आयोजना गरेका थिए। सडक छेउछाउ फ्याँकिएको प्लास्टिकजन्य वस्तुहरू संग्रह गरी त्यस फोहोरको  व्यवस्थपन पनि गरियो।यस कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षण अशिक्षणर्मीहरू लगायत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थि़यो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता