इलामको आदर्शमा अन्तर–सदनात्मक नाटक प्रदर्शन

इलाम, १० भदौँः इलामको अदर्श माविमा अन्तरसदनात्मक नाटक प्रतियोगिता कार्यक्रम भएको छ ।  समुदाय–प्रहरी जिल्ला समिति इलामको सहकार्य तथा  सगरमाथा टिन्स क्लव आर्दश मावि इलामको आयोजनामा सगरमाथा टिन्स क्लवको लोगो वितरण तथा अन्तरसदनात्मक नाटक प्रतियोगिता कार्यक्रम आर्दश माध्यमीक विद्यालय  इलाममा सम्पन्न भएको हो । 
टिन्स क्लवका आर्दश मा.वि.का अध्यक्ष विशाल योङ्गहाङ्गको अध्यक्षता तथा प्रदेस सभा सदस्य  राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सगरमाथा टिन्स क्लवको लोगो वितरण तथा अन्तरसदनात्मक नाटक प्रतियोगिता तथा प्रेरणादायी मन्तव्य कार्यक्रम सम्पन्न भएको हो ।। प्रदेस सभा सदस्य माननीय राम रानाले प्रेरणादायी मन्तव्य राख्नुभएको कार्यक्रममा सगरमाथा टिन्स क्लव इलामका मुख्य प्रशिक्षक रविन्द्र सुवेदीले सगरमाथा टिन्स क्लवको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

 टिन्स क्लवका अध्यक्षलाई सगरमाथा टिन्स क्लवको लोगो वितरण गरेर टिन्स क्लवको औपचारिक उद्घाटन गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश वराल,ईलाम नगरपालिका का मेयर महेस वस्नेत ,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, प्रहरी उपरीक्षक हिरा वहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक रोषन श्रेष्ठ, प्याव्सन इलामका अध्यक्ष विकास कर्मचार्य, नेपाल रेडक्रस सोसाइटी ईलामका सभापति देवि प्रसाद गौतम, ईलाम नगरपालिका वडा नः७ का वडा अध्यक्ष नरेष श्रेष्ठ ,विव्यस अध्यक्ष कोमल निरौला ,विधालयका प्रअ कुमार पौड्याल ,चेतना नाट्य समुहका सुसान्त चापागाईं लगायतको उपस्थिती रहेको थियो । लोगो कक्षा९ देखि १२ सम्म पढ्ने सवै विधार्थीलाई वितरण गरिने छ ।चेतनामुललक नाटक प्रतियोगिता प्रथम हरियो सदन,द्वितीय रातो सदन,तृतिय निलो सदन,सान्त्वना पहेलो सदन भएको कार्यक्रममा विभिन्न कक्षाका विधार्थीहरुले नृत्य प्रस्तुति गरिएका थिए ।कार्यक्रम सन्चालन शिक्षक  सविन वुडाथोकि र सगरमाथा टिन्स क्लवका सचिव लोकेन्रद्र चौहानले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता