वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् । उनीहरु काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका थिए ।
साउदीको रिहादमा अलपत्र परेका ती नेपालीहरुलाई गैरआवासीय नेपालीले रकम सङ्कलन गरि खानाको ब्यवस्था गरेका छन् । पीडित पक्षले म्यानपावर कम्पनीले धम्की दिने गरेको आरोप लगाएका छन् ।
यता, म्यानपावर कम्पनीले भने दिएको काम नगरेको भन्दै पीडितका विरुद्ध विभागमा उजुरी दिएको छ । पीडितहरु मध्ये २ जना बिरामी परेका छन् । विभागले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।
अलपत्र नेपालीहरुले आफन्त र म्यानपावर कम्पनीलाई आफूहरुलाई नेपाल झिकाउन माग गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता