इलामको राहसलबाल अनाथलयको भवन निर्माण अन्तिम चरणमा

इलाम, २२ भदौँः इलाम नगरपालिका गोलाखर्कमा रहेको राहसल बाल अनाथलयको अभियान मार्फत निर्माण भईरहेको भवन निर्माण कार्य सकिन लागेको छ । ६५ लाख भन्दा वढी खर्च लाग्ने भनिएको ८ कोठे पक्की भावन निर्माणको लागि गत वसन्त पञ्चमीको दिन शिलान्यास गरिएको थियो । गोलाखर्कमा रहेको राहसललाई संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र चौहानले ८ रोपनी जग्गा दान दिएर शुरु गरेका थिए । अहिले अनाथालयका १५ जना बालबालिका आश्रित रहेका छन् । चन्द्र राईको संयोजकत्वमा बनेको अभियान समितिले देश विदेशमा रहेका मनकारी दाताहरुसँग रकम संकलन गरेर भवन निर्माण गरिरहेको छ । 
अहिले सम्म लगभग काम सकिन लागेको भए पनि अझै अभियान समितिले भवन निमार्ण सम्पन्न गर्नको लागि ८ लाख रकम अभाव रहेको जानकारी गराएको छ । वालबालिकाको सुनौलो भविष्यको लागि आफुहरु लागि परेको र राम्रो काममा आफुहरुलाई सधैव सहयग प्राप्त हुने अभियान समितिका संयोजकले वताए । उनले अपुग रकमको वन्दोवस्त भई रहेको र सम्पूर्णलाई सहयोग अपिल समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता