१ नं. प्रदेशको नगरपालिका संघको संयोजकमा इलाम नगरपालिकाका महेश वस्नेत

इलाम, २२ भदौँः नेपाल नगरपालिका संघ १ नं. प्रदेश नम्बरको प्रथम अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई पुनः संयोजकमा चयन गरेको छ । यसअघिको तदर्थ समितिमा पनि बस्नेतनै संयोजक थिए ।
धरानमा सम्पन्न अधिवेशनले १९ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपसंयोजकमा विमल आचार्य, मेचीनगरपालिकालाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा चिन्तन थिङ्ग धनकुटा, बमबहादुर भट्टराई, फुङलिङ्ग, पवित्रा महतारा विर्तामोड, चन्द्र शेर्मा, शिवसताक्क्षी, मोहन श्रेष्ठ सिद्धिचरण, जीवन श्रेष्ठ भद्रपुर, मुरारी खतिवडा खाँदबारी, मञ्जु अधिकारी महालक्ष्मी, खड्ग फागो, उर्लाबारी, राजन मेहेता इनरुवा, सुनिता दहाल दुहवी, रीताकुमारी चौधरी चौदण्डीगढी, कैलाशकुमार आले भोजपुर, रोहितकुमार शाह गौरादह र रमेशकुमार जिमी धर्मदेवी नगरपालिका सदस्य रहेका छन् ।
यसरीनै अधिवेशनले सात सदस्यीय महिला विभाग पनि गठन गरेको छ । विभागमा मीना उप्रेती मेचीनगर, शोभा घिमिरे धर्मदेवी, मञ्जु प्रसाईं कन्काई, पविमाया राई देउमाई, ममिता राई भोजपुर, देवीकुमारी चौधरी त्रियुगा र तिला पोख्रेल लालीगुँरास नगरपालिका सदस्य रहेका छन् । अधिवेशनले ११ बूँदे धरान घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा संविधानको मर्म अनुसार स्थानीय तहलाई संक्षम र सबल बनाउनु पर्ने कुरामा जोड दिइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता