इलामको रोङमा दूर्घटना, २ को मृत्यु, २ जना घाइते

इलाम, २१ भदौँः  इलामको रोङ गाउँपालिकाको सिस्नेमा  ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोङ गाउँपालिका स्थित सिस्ने भन्ने स्थानको कच्ची सडकमा शिशिरेबाट जुरेतर्फ बाँस बोकेर जाँदै गरेका मे १ ख २२५६ नम्बरको   ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि झापा बुद्धशान्ति ५ बस्ने अन्दाजि २५ वर्षिय रविन नेपाल र झापा दमक ५ बस्ने  ४० वर्षिय ध्रुब कार्कीको मृत्यु भएको छ । दुर्घटनामा झापा वुद्धशान्ति ५ बस्ने नरेश खड्का र रमेश चौहान घाइते भएको र झापातर्फ उपचारका लागि लगिएको छ ।
शुक्रबार साँझ ६ बजेर ४५ मिनेटको समयमा ट्रक दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता