इलाममा चलेन कोल्डस्टोर करोडौँ लगानी स्वाहा

इलाम २० भदौ : इलाम जिल्ला कृर्षिका लागि अग्रणी मानिन्छ । जिल्लामा उत्पादन भएको तरकारी फलफूल भण्डारण गर्नेहो भने बाहिरबाट तरकारी ल्याउनुपर्दैन । इलाममा उत्पादन भएको तरकारी इलामै प्रयोग गर्नुपर्छ भनेर इलाम नगरपालिका र भारतीय दुतावासको सहयोगमा इलाममा शितभण्डार निमार्ण गरिएपनि अहिले सम्म प्रयोग भएको छैन । शितभण्डार निर्माण भएर पनि सञ्चालनमा नआउँदा किषानले  उपभोग गर्न पाएका छैनन् । शित भण्डार सम्पन्न भएको ८ वर्ष वित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैयाू खर्चेर कोल्डस्टोर बनाइएको भएपनि लामो समयसम्म सञ्चालन नहुूदा इलाम नगरपालिकालाइ आर्थिक भार बढ्दै गएको छ भने महंगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा पुगेको छ । २ हजार मेटिूक टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउूदा यहाू उत्पादन हुने किवी सहितका फलफूल, साग सब्जी लगायतले उचित बजार पाउन नसकेको इलामका स्थानिय बताउँछन् । 
दुइपटक उद्घाटन गरि बनाइएको कोल्डस्टोर नचलेपनि निर्माण सकिएयता नै नगरपालिकाले विद्युत उपभोग गरेवापतको रकम ,नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च नगरपालिकाले व्यहोर्नु परिरहेको छ ।
 एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि कोल्ड स्टोर संचालनमा ल्याउन कठिनाई भएको र यसलाई फरक तापक्रममा फरक खाले तरकारी र फलफुललगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता रहेको सरोकारवालको भनाई छ । सिंगल च्याम्बर’ भएकाले केही असर नगनें भएपनि कोल्ड स्टोर संञ्चालन गर्न कसैले हिम्मतै नगरेको हुँदा चल्न नसेकेको भनाइ छ । 
नगरपालिकाले पटक पटक ठेक्का खुलाउँदा पनि संचालनको लागि अहिले सम्म केही नआएको नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाह बताउनुहुन्छ ।
इलाम नगरपालिकाले कर्मचारी वापत मासिक १५ हजार रुपैयाू विजुलीको विलवापत वार्षिक ६ लाख हाराहारीमा र बार्षिकरुपमा कोल्डस्टोरलाई चुस्त राख्न लाखौ रुपैयाूसमेत नियमति खर्च भइरहेको कार्यालयको तथ्याड्ढमा छ । जिल्लाको पहिलो कोल्डस्टोरको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आूट गर्नसकेका छैनन् । जिल्लामा अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा विक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, काूक्रा, फर्सी, रायो साग जस्ता तत्काल बिक्रि गर्न वजार पुर्याउनु पर्ने बाध्यता  कहिले हट्ला भन्ने सबै कृषकको चासोको बिषय बन्न 
पुगेको  छ । 
सन्दकपुर अनलार्इनबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता