मंगरजोडमा जनचेतना शिविर

सुकेपोखरी, २३ भाद्रः नव ज्योति पूर्व सैनिक समाज मंगरजोड माथिल्लो विभागको तत्वावधानमा सभापति जे बी खवासको अध्याक्षतामा आइतबार जनचेतना शिविर कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा प्रमुख अथितिको रूपमा सुके पोखरी थानाका सेकेण्ड अफिसर सुमन लोहोर रहेको थियो। कार्यक्रमको प्रथम चरणमा प्रमुख अथिति लोहोरको बहुलीबाट महात्म गान्धीको प्रतिकृतिमा दीपप्रज्ज्वलन तथा माल्यार्पण गरियो। 
जे बी खवासले स्वागत भाषण राखेको उक्त कार्यक्रममा  गाउँ वस्ती पसेर बाल बालिका लाई चोरेर लैजाने,मानव तस्करी,कुसंगति,बलात्कार,मव लन्थीडं, आदि विषयमाथि चर्चा परिचर्चा गरियो।कार्यक्रमलाई सम्वोधन गर्दै अफिसर लोहारले  हाल गाउँ वस्ती क्षेत्रबाट जून प्रकारको बाल ( बालिका लैजाने घटना  फैलिन्दै छ यो सब एउटा अफवाह मात्र हो र यसमा आतंकित नहुने बताउँदै मनाव तस्करी,बलात्कार, एटीएमबाट रूपियाँ चोरी आदि  विषयमाथि  तिनले  जानकारी गराए । 
साथै क्षेत्रका सबै नागरिकवर्गलाई उक्त विषयमाथि संधै सचेत भएर अधि आउने आह्वान पनि  गरे। महेश ओझा, अजयकला खवास , विमल शर्मा तथा अन्यले सम्बोधन गरेको उक्त कार्यक्रममा समाजका पदाधिकारीवर्ग, क्षेत्रका सचेत नागरिक लगायत नव ज्योति पूर्व सैनिक समाजका सम्पूर्ण सदस्यवर्ग बाक्लो उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता