एकै समयमा झापाका २ स्थानमा बम विष्फोट, सहारा नेपालको नवनिर्मित भवनमा क्षति

झापा, भदौ २३ । झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नव निर्मित भवनमा आइतवार राति एघार तीसमा बम विष्फोट भएको छ ।
सहकारीको चौकीदार बस्ने घरमा शक्तिशाली कुकर बम विष्फोट भएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । ‘बमभएको थाहा पाएर प्रहरीलाई खबर गरे, प्रहरी आएर सेनाको डिस्पोजल टोलीलाई बोलायो आउन नपाउँदै बम बिस्पोट भयो’ सहाराका सुरक्ष गार्ड त्रिलोचनले बताउनुभयो ।
यता गौरादह नगरपालिकामा आज्ञात समूहले आइताबार राति बार बजेर तीसमा बम बिष्फोट गराएको छ । बिफोष्टका कारण नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्वरको स्र्कप्यो गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बम बिष्फोटका कारण कार्यालय परिसरमा राखिएको गाडी पूर्ण रुपमा क्षति भएसंगै प्रहरी घटनास्थललाई सुरक्षित बनाएको छ ।
कार्यालय भित्र समेत अन्य शंकास्पद बस्तु हुन सक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिपोजल टोली बोलाएको बताइएको छ । दुबै ठाउँको क्षती यकीन बिवरण आउँनबाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई आज बिहान ४ बजे नियन्त्रणमा लिएको छ ।
एकै समयमा दुबै तर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्पल)का कार्यकर्ताले बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्वेवारी कसैले पनि लिएका छैनन् । यस अघि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत वम विष्फोट भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता