चिया मज्दुरको समर्थमा अनसनरत तामाङको स्वास्थ्यमा गम्भिर समस्या, श्रमिक नेता तामाङलाई भेटेर कोलकोत्ता प्रस्तान

सुकेपोखरी, २३ असोजः चियाकमानमा मज्दुरी गरेर हातमुख जोड्ने मज्दुरहरुको  हक र अधिकारको निम्ति आफ्नो प्राणको बाजी लगाएर आमरण अनशनमा बसेका गोख्र जनमुक्ति मोचॉ अध्यक्ष विनय तामाङ आमरण अनशनमा आज पाँचौ दिन पुग्दा स्वास्थ्यमा गम्भिर समस्या देखा परेको छ ।  मोर्चा अध्यक्ष तामाङकोअवस्था भने सोचनीय स्थितिमा छ। उनको स्वास्थ्यमा निकै गिरावट आएको छ। हाल युरिनबाट रगत गएको जानकारी प्रप्त भएको छ। युरिनबाट रगत गएको देखर उनका समर्थकहरूले डाक्टरलाई बोलाए पछि डाक्टरले अस्पताल भर्ना हुने सुझाव राखे तर तामाङले डाक्टरको अनुरोध अस्विकार गरेका छन् ।
 श्रमिकहरुको हक अ र  अधिकार नदिलाए सम्म अनशन स्थलबाट नउठ्ने उनको अड़ान छ। यसैबिच त्रिपक्षीय वार्ताको निम्ति पश्चिम बंगाल सरकार अघि आएको छ । तामाङको बिग्रँदो स्वास्थ्यलाई ध्यान दिन्दै भोलि ११ अक्टोबरको दिन (असोज २४) राज्यका राजधानी कलकत्तामा वार्ताको निम्ति दार्जिलिङका सम्पूर्ण श्रमिक संगठन, बगान मालिक एवम् दार्जिलिङ टि ऐसिसोसनलाई निम्ताएका छन् । आगमी १७ अक्टोबरको तय गरिएको वार्ता तामाङको शारीरिक अवस्था गम्भीर बनेपछि भोलि आपतकालीन बैठक सम्पन्न गरिने जानकारी राज्यका क्षेत्रका श्रम बिभागका सुत्रले बताएको छ । पहाडका सम्पूर्ण श्रमिकहरुको सगठनले २० प्रतिशत बोनसको मागमा अडिग रहेको छ भने चिया बगानमा मालिकले १५ प्रतिशत देखि माथि बोनस नदिने भनि अगावै स्पष्ट गरेका छन् ।श्रमिकहरुले २० प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आमरण अनसनमा बसेका छन् तामाङ। उनको स्वास्थ्य जाँच गरिरहेका दार्जिलिङ जिल्ला अस्पतालाक चिकित्सकले उनको बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राख्दै उनलाई अस्पतालमा भर्ना हुने अनुरोध गरेका छन् । उनलाई बिहान देखि पेट दुख्ने लगायत शरिरमा अन्य भागमा समस्या भएको बताए थिए। उनले पछिको छत्तिस घण्टादेखि पिसाब नभएको साथै शरिरको प्रेशर लगातार घट्दै गइरहेको छन् 
त्रिपक्षीय वार्ता राज्यका श्रम मन्त्री, श्रमिक संगठन अनि चिया बगानमा व्यावस्थापन संग कलकत्तामा श्रम बिभागका कन्फरेन्स हलमा शुक्रबार बिहान ११ बजी आयोजना हुने छ । राज्यका श्रम मन्त्री मलय धटकले बिनय तामाङको चिन्ता व्यक्त गर्दै प्रत्रचार गरेर अनशन त्यागेर स्वस्थ्य सुविधा लिने अनुरोध गरेका छन् उनले प्रत्रमा हाल पुजाको बिदा रहेको स्थितिमा पनि उनको स्वास्थ्यलाई ध्यानमा राखी भोलि वार्ता आयोजना गरिएको जानकारी गराएका छन् । 
राज्य सरकार समर्पित श्रमिक संगठन आइएनटीसीयुका नेता मोहन शमॉले अनशन स्थलमा पुगेर तामाङको स्वास्थ्यको जानकारी लिएका छन् राज्यका मुख्य मन्त्रीको निर्देशन आफु यहाँ आएको बताउँदै राज्य सरकार श्रमिकहरुको हित अनि कल्याणको निम्ति सधै अधि रहेको बताए । राज्य सरकारको यस वार्ताको पहललाई मोचॉले स्वागत जनाएको छौ भनि केन्द्रीय समितिका महासचिव अनित थापाले बताए उनले आज केन्द्रीय समितिको आपतकालीन सभा आयोजना गरिएको थप जानकारी गराएका छन् । बिनय तामाङको पक्षबाट प्रत्रको जवाब पठाउँदै जब सम्म २० प्रतिशत बोनसको पक्षमा मालिकहरू समथॅनमा आउदैन तब सम्म अनशन बाट नउठ्ने तामाङको अडान स्पष्ट गरिएको जानकारी थापाले दिएका छन् ।यता पाहाड भरि बगान मालिकको मौनता अनि दमन नितिको प्रतिवाद व्यापकरुपमा जुलुस अनि पोस्टिङमा गरिएको छ । यसरीनै अनित थापाले दार्जिलिङ सदर थानामा बगान मालिकको बिरुद्धमा प्राथमिकता दायर गर्दै यदि तामाङलाई केही भए त्यसको जिम्मेवारी बगान मालिक अनि व्यवस्थाले लिनु पर्छ भनि बताएका छन् । यस बारे दार्जिलिङ टि ऐसिसोसन अनि इंडियन टि ऐसिसोसनलाई ईमेल मार्फत उक्त जानकारी दिएका छन् भनि उनले थप बताएका छन् । 

यता गोजमुमो अध्यक्ष बिनय तामङलाई भेट गरेर नै आज संयुक्त श्रमीक संगठनका नेताहरू कलकत्ता प्रस्थान गरे भोली कलकत्तामा बोनसको निम्ति सभा डाकेको छ। संयुक्त श्रमीक संगठनको पक्षबाट वरिष्ठ नेता अमर लामा, एस के लामा, समन पाठकले भोली कलकत्तामा बोनसको सभामा जान अधि बिनय तामङलाई भेट गर्न आएको जनाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता