पाँचथरमा ढुंगाले हानेर हत्या गरेको आरोपमा पक्राउ

पाँचथर २४ असोजः पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा एक ब्यक्तिलाई ढुंगाले हानेर हत्या गरेको आशंकामा आज एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा याङवरक ३ सम्माखुका स्थानिय २५ वर्षिय रन कुमार सेलिङ रहेका छन् । उनलाई घरबाटै लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरी चौकी थर्पुका असही भिम थेवेले जानकारी दिनुभयो ।
गत असोज १६ गते राती ढुंगाले हानेर याङवरक गाउँपालिका वडा नम्बर २ का ३५ वर्षिय इन्द्र बहादुर कार्कीको हत्या भएको थियो । उनलै हत्या गरेको वा अन्य ब्यक्ति पनि संलग्न रहेको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल पौड्यालले बताउनुभयो । फिदिम टुडेबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता