विनय तामाङको छैटौँ दिन पनि अनशन जारी, २० प्रतिशत बोनस नदिलाए सम्म अनशन नतोड्ने

दार्जिलिङ, २४ असोजः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज आमरण अनशन बसेको छैटौं दिन टेको छ भने बगान मालिकहरको पक्षबाट भने कुनै सकारात्मक कुरा उठेको छैन। आज कोलकत्तामा त्रिपक्षीय बैठक सम्पन्न हुन गइरहेको छ। यता अनशनमा बसेका विनय तामाङको सस्वास्थ्यमा लगातर गिरावट आई रहेको छ भने उनी २० प्रतिशत बोनोस नपाएसम्म आफ्नो निर्णयमा अडिग रहेको छ।  
साथै पहाडको बिभिन्न ठाउँहरू क्यान्डल जुलुसको आयोजना आयोजना गर्दै विनय तामाङको सुस्वास्थ्य लाभको कामना गरि रहेको छ।
नागरी धजे संलग्न चियाकमानमा आज पूनः गेट मिटिंग
नागरी धजे संलग्न चियाबारीमा दार्जीिलड तराई डुवर्स प्लानटेसन लेबर युनियन तथा हिमालयन प्लानटेसन वर्कर युनियनका तत्वावधानमा यहाँका चियाकारखाना परिसरमा आज विहान करीब ८। ३० बजे देखि २० प्रतिशत बोनसको मागमा गेट मिटिंग सम्पन्न गरियो।  महेश ओझा, सुनिल छेत्री लगायत अन्यले सम्वोधन गरेको उक्त सभामा गत् ५ अक्टोबर देखि चिया श्रमिकहरूले २० प्रतिशत को दरले बोनस पाउन पर्छ भनी दार्जीिलड स्ट्यानमा आमरण अनशन बसेका पार्टी अध्याक्ष विनय तामाडको  त्यागलाई कदापि नभूल्ने  तथा मालिकवर्गले आजको बैठकमा चाँडै बोनस बारे सठीक निर्णय लिएर अध्याक्ष तामाडको उक्त अन्शनलाई   नउठाइदिए व्यापक रूपमा यहाँका चियाकमानहरूमा पनि मालिकवर्गको विरोधमा चिया श्रमिकहरू मैदानमा उत्रिने बताइयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता