मासु कति खाने,कसरी खाने

पोषणविद्ध कविता महर्जन 

असोज,१७ दशैमा अधिकासको बानी के हुन्छ, भने मासु बढि खाने र अन्य सागसब्जी कम खाने तर त्यस्तो गर्दा स्वास्थ्यमा समस्या देखिने गरेको पाईन्छ । मासुमा प्याप्त प्रोटिन हुने हुदाँ थोरै मात्रामा सेवन गर्दा पनि शरिरलाई पुग्ने हुन्छ । एकै पटक धेरै मासु खानु हुदैन । एउटा स्वस्थ्य मानिसले दिनमा एक सय ग्रामसम्म  मासु खान सक्छन् । स्वास्थ्य र सफा मासु हुनु पर्छ । 

त्यसैगरी, मासुहरुका धेरै परिकार बनाए खाने गरेको देखिन्छ । जसमा बढि मसला राख्ने, चिल्लो र पिरो राखेर खाने समेत गरेको देखिन्छ । जसले कतिपयलाई तत्कालिन कुनै न कुनै समस्या देखिन्छ । भने यदि तत्कालै नदेखिएपनि पछि कुनै न कुनै दिर्घरोगहरु देखिने गरेको पाईन्छ । 
तेलमा भुटेको ,तारेको पोलेको सेकुवा  र मसलेदा  मासु खानु शरिरका लागि झनै हानिकारक हुने हुन्छ । यस्ता खानेकुराले कुनै पनि समस्या नभएकालाई कोलेस्ट्रोल र युरिक एसिडको समस्या देखिने हुन्छ । 

अझ गम्भिर समस्या देखिने हुन्छ । त्यस्तो समस्या आउन नदिन स्वास्थ्यलाई ख्याल गरेर मौषम अनुसारको फलफुल र सागसब्जी बढि खाने थौरै मात्रामा सादा मासु खादा खासै असर गदैन् । पोलको साधेको मासुले क्यान्सर गराउने गरेको देखिन्छ । भने पाचन प्रणालीमा समेत समस्या निम्त्याएको पाईन्छ । क्यान्सर मुटु, युरिक एसिड मधुमेहका विरामीहरुले समेसम्म  रातो मासु खानुहुदैन् । 

रक्तचाप र युरीक एसिडको समस्या भएकाले शरिरलाई चाहिने भन्दा बढि मासु खादाँ गम्भिर समस्या देखिन सक्न हुन्छ । यस्ता विरामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर चिल्लो, नुन र मसला कम राखेर खानुपर्छ । 

मासु खाने तर शारिरीक व्यायम नगर्ने लामो समयसम्म एकै स्थानमा बस्ने गरेको देखिन्छ । जसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने हुन्छ । शारिरीक व्यायम नियमित गर्नुपर्छ । अत्यधिक चिल्लो मसलेदार  मासुले विभिन्न रोगका विरामी हुनुहुन्छ । भने तपाईको रोगहरु अझ बढ्ने हुन्छ । 

एउटा सानो कचौरामा मासु र अरु मौषमी फलफुल र सागसब्जी खानुपर्छ । छाला ,कलेजो र वोसो खानुहुदैन् । हामीले खाना स्वस्थ्यको औाषधीको रुपमा खानुपर्छ । तर हामीले खानेखाना र मासु कतिको स्वास्थ्य छ । 

मास काचो खानुहुदैन । मासुलाई राम्रोसँग पकाएर खानुपर्छ । सकेसम्म लामो समयसम्म मासु राख्नु हुदैन् । यदि मासुलाई धेरै दिनसम्म राख्नुपरेमा पनि फ्रिजमा राख्नुपर्छ । मासु पकाउदा थोरै  मसला, चिल्लो र नुन  राखेर पकाएर खाएमा स्वास्थ्य हुन्छ ।

पोषणविद्ध महर्जनसँग गरिएको कुराकानीमा आधारित

x
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता