इलामा नगरद्वारा विद्युतिय चुल्होमा अनुदान

इलाम, ७ पुष : इलाम नगरपालिकाले नगरबासीहरुलाई विद्युतिय चुल्हो (इन्डक्सन)मा अनुदान दिने भएको छ । इलाम नगरपालिका नगर कार्यपालिकाले ग्याँसको आयात प्रतिस्थापन गरि विद्युत खपतको बृद्धि गर्नका साथै काठ, दाउराको उपयोगमा कम गराई वातावरण संरक्षण गर्ने उद्देश्यका साथ विद्युतिय चुल्होमा अनुदान दिने भएको हो । उक्त चुल्होमा ७५ प्रतिशत अनुदान दिने नगरले निर्णय गरेको हो । वि.सं.२०७६ पौष ५ गते बसेको नगर कार्यपालिकाको बैठकबाट उक्त कार्यक्रमको निर्णय भएको हो । 
राष्ट्रिय ग्रामीण तथा नविकरणिय कार्यक्रम अन्र्तगत गरिने कार्यक्रममा नगरका गृहिणी महिलाहरूलाई चुल्होको प्रयोग सम्बन्धमा चेतना अभिबृद्धिका लागि समेत अभिमुखिकरण कार्यक्रम समेत गर्ने निर्णय भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता