तराईमा शीतलहरले जनजीवन प्रभावित

काठमाडौं,६ पुष। तराईमा शीतलहर सुरु भएको छ । केही दिनदेखि तराईका अधिकांश जिल्लामा भएको शीतलहरले जनजीवन प्रभावित पारेको छ । अधिकांश जिल्लाका हवाई उडान तथा अवतरण समेत प्रभावित बनेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य तथा पश्चिमी तराईका जिल्लाहरुमा शीतलहर बढेका जनाएको छ । शनिबारको तुलनामा आइतबार अझ प्रभावित बनेको छ । आइतबार विहान मोरङको विराटनगर, सिरहा, सप्तरी लगायतका जिल्लाहरु बढी प्रभावित बनेका छन् ।
मध्य तराईमा केहीबेर घाम लागेको छ । भने पश्चिमी तराईका जिल्लाहरुमा कुहिरो लागेपनि साँझसम्म न्यानो भएको बताइएको छ । सिरहामा शीतलहरका कारण जनजीवन अप्ठ्यारो बनेको छ । सिरहा नगरपालिका १४ स्थित एक मुसहर बस्ती समस्यामा परेको छ । ५५ वर्षीय सिंहेस्वर सदा जाडोबाट पीडित बनेका छन् । उनको कपडासम्म छैन् ।
उता मोरङमा पनि दैनिकी तनावपूर्ण छ । केही स्थानमा दाउरा वितरण गरिएको छ भने केही स्थानमा कम्बल बाडिएको छ । विराटनगर विमानस्थलबाट सबै उडान तथा अवतरण अवरुद्ध भएको छ ।
धनुषामा पनि चिसोका कारण जनजिवन कष्टकर बनेको छ । केही ठाउँम प्रहरीले सर्वसाधारणहरुलाई चिसोबाट जोगाउन स्थानीय तहको सहकार्यमा विभिन्न ठाँउमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएको छ ।
शीतलहरका कारण सुनसरी जिल्लाको दैनिकी पनि समस्यग्रस्त बनेको छ । बाक्लो हुस्सु र कुहिरोसँगै शितलहरका कारण बजारमा सर्वसाधारणको चहलपहलमा समेत कमी आएको छ । तराइमा चिसोका कारण पनि वर्षेनी नागरिकको मृत्यु हुने गरेको छ । सरकारले पूर्वतयारी नगरेको पाइन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता