सागमा पदक विजेता सात इलामेली खेलाडीलाई काठमाडौंमा सम्मान

काठमाडौं ६ पुसः १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता सात खेलाडीलाई सहिद रत्न कुमार बान्तवा खेलकुद केन्द्रले एक समारोहबीच  सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुभासचन्द्र नेम्बाङलगायतले खेलाडीलाई नगद, माला र सम्मान पत्र प्रदान गरे । 
पदक विजेता सात इलामे खेलाडीलाई सम्मान गरिएको हो । फुटबलतर्फ स्वर्ण विजेता इलाम सन्दकपुर गाउँपालिका–५ का छिरिङ गुरुङ, उसुतर्फ स्वर्ण विजेता देउमाई नगरपालिका–३ कि जुनी राई, उसुतर्फकै कास्य विजेता, समित्रा राई, महिला फुटबलतर्फ रजत विजेता सूर्योदय नगरपालिका, तीनघरेकी अन्जली तुम्बाफो सुब्बा, महिला विच भलिबलतर्फ कास्य विजेता, इलाम माङसेबुङकी विनिता बुढाथोकी र बास्केटबलतर्फ कास्य विजेता, सन्दकपुर गाउँपालिका–३ का विजय बुर्जा, पुरुष बास्केटबलका कप्तान सदिस प्रधानलाई सम्मान पत्र र नगद प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा पूर्व सभामुख नेम्बाङले पदक विजेता इलामेली खेलाडीले इलामको मात्र नभइ राष्ट्रको शिर उच्चो राखेकोमा बधाई दिए । पूर्व प्रधानमन्त्री खनालले सात खेलाडीलाई सप्तऋषिको सज्ञा दिंदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभेच्छा प्रकट गरे । उनले राष्ट्रको सान राख्ने खेलाडीलाई सरकारले उचित सम्मान र अवसर प्रदान गर्ने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता