इलामको सहकारी चोकमा ट्रक र ट्याक्सी एक आपसमा ठोकिँदा दुई जना घाइते

इलाम, ३ माघः इलामको सहकारी चोकमा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।  इलाम देउमाई नगरपालिकाको शान्तिडाँडाबाट विर्तामोड तर्फ जाँदै गरेको मे १ ज १५१७ नं.को ट्याक्सी र विर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी गराएको छ । दुर्घटनामा घाइते भएका दुवै जनाको अवस्था सामान्य रहेको र दुवै सवारी चालक र सवारी प्रहरी नियन्त्रणमा रहेको जानाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता