सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुली, ०३ माघ । सिन्धुलीको दुधौली नगरपालिका अरुण ठाकुरस्थित कामिटारमा स१च १४६९ नम्बरको पिकअप बोलेरो दुर्घटना भएको छ ।

अवरिल वर्षाका कारण शुक्रबार चिप्लिएर पिकअप बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा दुधौली नगरपालिका–१३ का २८ वर्षीय यमकुमार मगर र उदयपुरगढी–३ की इन्दीरा मगर रहेका छन् ।

गम्भीर घाइतेहरुको थप उपचारका लागि सिरहाको मिर्चैया पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रन्जु सिग्देलले बताउनुभयो ।

दुर्घटनामा दुधौली नगरपालिका–१३ का ५८ वर्षीय प्रेमबहादुर मगर, ५३ वर्षीया सुनिता मगर, ११ वर्षीय सुदर्शन कार्की, १४ वर्षीया निशा बुढाथोकी रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरुमा दुधौली नगरपालिका–१० की १२ वर्षीया सुसिला कार्की, दुधौली नगरपालिका–११ की १७ वर्षीया सविना सुनुवार, १८ वर्षीया तुलसा कार्की, ६० वर्षीय तिलकबहादुर मगर, फिक्कल गाउँपालिका–१ की कमला आलेमगर र लिला सुनुवार रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता