कस्मिरमा हिमपहिरो, मृत्यु हुनेकाे संख्या ७६ पुग्याे

एजेन्सी, ३ माघ । पाकिस्तान प्रशासित कस्मिरका विभिन्न स्थानमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
पाकिस्तानले आजाद कस्मिर भन्ने गरेको त्यस क्षेत्रमा हिमपहिरोमा परेर अझै केही मानिस हराइरहेका छन् । हिमपहिरोबाट निलुम उपत्यका सबैभन्दा नराम्रोसँग प्रभावित बनेको बताइएको छ । त्यहाँका घरहरू समेत हिमपहिराेमा पुरिएका छन् ।
मृत्यु भएका ७६ मध्ये ७४ जना सोही उपत्यकाका बासिन्दा हुन् । हिमपहिरोमा परि घाइते भएका ५७ जनाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
पाकस्तिानी प्रधानमन्त्री इमरान खानले हिमपहिरो गएको क्षेत्रकाे निरीक्षण र पीडितहरुसँग भेट गरेका छन् । हिमपहिरोमा फसेका ११ सयभन्दा बढीकाे उद्दार गरिएको पाकिस्तानी सेनाले जनाएको छ ।
वर्षा र त्यसपछि भएको भिषण हिमपातपछि त्यस क्षेत्रमा हिमपहिरो गएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता