खुट्टा काम्ने समस्या निको हुन्छ भन्दै पास्टरद्वारा बलात्कार

काठमाडौँ, 3 माघ । रोग निको हुने विश्वासले एक किशोरी ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित आशा विश्वासी मण्डली पुगिन् । नियमित चर्च धाउने क्रममा पास्टर ध्रुवबाबु जोशीसँग उनको चिनजान भयो ।
बाथ रोगका कारण खुट्टा काम्ने समस्याबाट गुज्रिएकी उनले आफ्नो पीडा पास्टर जोशीलाई सुनाइन् । सानैमा नराम्रो काम गरेकाले रोग लागेको र पापबाट मुक्त हुन यौन सम्पर्क गर्नुपर्ने भन्दै उनले किशोरीलाई फकाउन थाले । पटकपटक बलात्कार गरेपछि किशोरीले जोशीविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिइन् ।
तीन महिनायता पटकपटक यौन सम्पर्क गरेको किशोरीको जाहेरीमा उल्लेख छ । अन्तिमपटक पुसको पहिलो साता चापागाउँ मोडस्थित गेस्ट हाउसमा लगेर जबर्जस्ती करणी गरेको र कसैलाई भने शक्ति नाश हुने भन्दै त्रासमा पारेको उनको भनाइ छ । यो समाचार  कान्तिपुर दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता