इलाम अस्पतालमा चिकित्सकको अभाव साथै भएका मेसिनहरु बिग्रीरहँदा सेवाग्राहीलाई समस्या


  • विनय तिम्सीना

इलाम । सदरमुकाम इलाम बजारमा ५० शैयाको अस्पताल छ तर दरवन्दी अनुसारका चिकित्सक र भएका मेसिनहरुपनि बिग्रीरहँदा इलामेलीहरु झापाका महँगा अस्पतालमा जान बाध्य हुनुपरेको छ । पहाडी जिल्लाका लागि भौतिक पुर्वाधारले व्यवस्थित मानिने इलाम अस्पतालमा सरकारले डाक्टर पठाउन नसक्दा विरामीहरु इलामका विरामीहरु झापा जान बाध्य भएका हुन् ।
इलाम गोदबाट माईभगवती विद्धाश्रमका विमारी लिएर आएका राजेन्द्र अधिकारीले आफुले लिएर आएको विमारीको एक्स्रे गर्नु पर्ने भए पछि अस्पतालमा नभए पछि वाहिरको क्लनिकमा भएर गर्नुपरेको गुनासो गरे ।
सरकाले इलाम अस्पताललाई ५० शैयाको बनाएको थियो र ८ विशेषज्ञ डाक्टर सहित १४ जना डाक्टरको दरबन्दी तोकेको थियो । तर, अहिले अस्पतालमा ५ जना विशेषज्ञ डाक्टर ३ जना मेडिकल सुपरिडेन्ण्डेर २ जना डेन्टल सर्जर मात्र रहेका छन् । इलाम अस्पतालमा दैनिक १५० जना भन्दा धेरै विमारी आउने गरेको र भएका चिकित्सकलाई विमारीको जाँचगर्न नै मुस्कील पर्ने गरेको पनि छ । अस्पतालमा भएका सिमित मेसीनहरुको पनि मर्मत गर्न समस्या हुनु र वैकल्पीक व्यवस्था नभएकोले पनि अस्पतालको सेवामा प्रभाब पर्ने गरेको इलाम अस्पतालका सूचना अधिकारी कुल प्रसाद देवान वताउँछन् । अहिले काम चलाउनको लागि भिडियो एक्सरे भने डा. प्रभु साहले आफ्नो ल्याएर अस्पतालमा काम चलाउँदै गरेको पनि देवानले वताए । 
पछिल्लो समयमा  पाँचथर र ताप्लेजुङ्गका अस्पतालमा उपचारहुन नसकेका विरामीको रिर्फर सेन्टर बन्दै गएको अस्पतालमा विशेषज्ञ डाक्टर नभएकोले दोहोरो समस्या पउने समेत गरेका छन् । यसरी उपचारका लागि विरामी आए पनि विशषज्ञ सेवा नहुदाँ विरामी रित्तै फकर्नु परेको छ । चिकित्सकको दरबन्दी मिलान गरी सेवा सुचारु गर्न स्थानीयले माग गरेको छ । प्रदेश सरकार मातहतमा रहको इलाम अस्पतालमा प्रदेश सरकारको नीति तथा कार्यक्रम स्पस्ट नहुँदा पनि समस्या परेको जानकारहरु वताउँछन् ।
न्युज २४ मा प्रसारणा भएकाे  भिडियाेः



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता