इलाममा प्रभातफेरी गर्दै भ्रमण वर्ष २०२० को शुरुवात, सरोकारवालाको सहभागिता विना प्रभातफेरी (फाेटाे सहित)

इलाम, १६ पुसः नेपाल भ्रमण वर्ष २०२० को आजबाट शुरु भएको छ । इलाममा पनि भ्रमण वर्षको शुरुवात प्रभातफेरी गरेर गरिएको छ । इलाम नगर पर्यटन प्रवद्र्धन समितिले निकोलेको प्रभातफेरीमा सरोकारवालाको उपस्थीती देखिएन । जुनसुकै र्यालीहरु निस्किदा इलाममा विद्यार्थीहरुको मात्र प्रयोग गरिएको देखिने दृष्य आजको प्रभात फेरीमा पनि देखियो । 
इलाम बजार परिक्रमा गर्दै प्रभातभेरी समापन भएको थियो । भ्रमण वर्षको इलाममा उद्घाटन कार्यक्रम भने रोङ गाउँपालिकाले गर्दे छ । रोङ गाउँपालिकाले जोर कलशबाट कार्यक्रम शुरु गर्ने वताएको छ । इलाममा भ्रमण वर्षको ठोस कार्यक्रम नआउँदा र सरोकारवालाहरु सँगको समन्वय राम्रोसँग नहुँदा भ्रमर्ण वर्षको आगाज राम्रो नभएको पर्यटनकर्मीहरुको गुनासो छ । स्थानीय तहरुले आफैनै तलामा समन्वय नगरी कार्यक्रमहरु गर्दा पनि इलाममा भ्रमण वर्षको रौनक नअएको हो ।
हेर्नुहाेस तस्वीरमा 






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता