प्रदेश स्तरीय गायन प्रतियोगितामा इलामका आयुष प्रथम, लोक नृत्यमा पनि इलामकै विद्यार्थीहरु प्रथम

इलाम, १२ माघः इलामका आयुष निजी तथा आवश्य विद्यालयको १ नं. प्रदेश स्तरीय गायन प्रतियोगीतामा प्रथम भएका छन् । झापाको दमकमा भएको  १ नं. प्रदेशका निजी विद्यालयका ८ जाना प्रतियोगिलाई उछिन्दै उनी प्रथम भएका हुन । निजी तथा आवश्य विद्यालय अग्रनाइजेसन (प्याब्सन) १ नं. प्रदेश समितिले  आयोजना गरेको सो प्रतियोगीताको लागि पहिलो चरणमा जिल्ला छनौट गरेर  झापाको दमका फाइनल राउण्डको प्रतियोगिता गराएको थियो । 
व्याब्सनले गायन र लोक नृत्यको प्रतियोगिता गराएको थियो । गायन प्रतियोगितामा इलाम हेरिटेज नेशनल एकाडेमीका आयुस घिमिरे प्रथम भए भने लोक नृत्यमा पनि इलामकै विभिन्न विद्यालयका विद्यार्थीहरुको  समूह प्रथम भएको छ । प्रतियोगिता माघ ३ गते सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता