ना तेन्वे........ (यो गाउँमा) सार्वजनिक (भिडियो सहित)


  • जीवन लिम्बू

माघ २३, धरान: आदिवासी जनजाति समुदाय अन्तर्गतको किरात याक्खा जातिहरुको भाषामा आधारित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्माता तथा भिडियो निर्देशक देउ कृष्ण देवान लिंखा याक्खाको निर्देशनमा निमार्ण गरिएको (ना तेन्वे....) यो गाउँमा भन्ने म्युजिक भिडियो सोमबार बुढासब्बा डिजिटल युट्युवबाट मार्फत सार्वजनिक गरिएको हो । पूर्वको बराह क्षेत्र लगायतका विभिन्न रमणीय ठाउँहरुमा छायाँङकन गरिएको भिडियो विशुद्ध याक्खा भाषामा आधारित रहेको छ । गीतमा देवराज याक्खाको स्वर रहेको छ भने सव्द संगीत अजय जिमी याक्खा र शीर कुमार साम्पाङको छायाङकन रहेको छ । याक्खाको निर्देशनमा वनेको भिडियोमा अजय जिमी याक्खा, राजिन जिमी लिम्बू र सन्तोसी जिमी याक्खा लगायतको मुख्य भूमिका रहेको छ । भिडियोको सम्पादन बसन्त राइले गरेका हुन् । 
याक्खा जातिको संस्कृतिमा आधारित भएर निर्माण गरिएको भिडियोमा याक्खा जातिको भाषा, संस्कार र, संस्कृतिलाई विशेष महत्व दिइएको छ । पछिल्लो समय लोपहुँदै गइरहेको संस्कृतिको जगेर्णा गर्दै युवा पुस्तालाई आफ्नो संस्कार प्रति आकर्षित गर्न भिडियो निर्माण गरिएको निर्देशक याक्खाले बताए ।
भिडियाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता