३ वटा ट्रक आपसमा ठोक्कि‍ँदा ३ जनाको मृत्यु, ९ घाईते


रुपन्देही, १४माघ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउदै गरेका ३ ट्रक अनियंत्रित भई एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ । भैरहवा -परासि सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा ३ वटा ट्रक एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
विहान हुस्सु लागेर बाटो कठिन भैरहेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरु ठोक्किएका हुन । भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन्। घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेज पठाईएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता