करोडका सामग्री खेर जाँदै, निर्माण भएको नौ वर्षबित्दा पनि चलेने शितभण्डार

इलाम १४ माघः इलाम नगरपालिकाका केशव खनाल इलाममा शितभण्डार (कोल्डस्टोर) बन्दा निकै खुसि थिए । उनलाई लागेको थियो कोल्ड स्टोर निर्माण पछि कृर्षि उत्पादनका बस्तु राख्न पाइयो भने उत्पादित बस्तु स्टोर गरेर जुनसुकै बेला पनि बजारमा निकाल्न सकिन्ट भनेर । तर उनको यस्तो सपना पूरा हुन सकेको छैन ।
त्सस्तै इलाम नगरपालिका ५ का कृष्ण पौडेलपनि शित भण्डार बन्ने भयो भन्दा निकै खुसि थिए । उनी व्यापारीहुन । उनलाई लागेको थियो शितभण्डार सञ्चालन भएपछि कृर्षिजन्य वस्तु स्टोर गरेर समयअनुसार बजारमा निकाल्न सकिन्छ भन्ने अहिले उनिपनि सञ्चालन हुन नसकेकोमा चिन्तित बनेका छन । 
यता इलाम नगरपालिका ८ का सचिन जंग रायमाझीलाई पनि लागेको थियो कृषकले उत्पादन गरेका वस्तु बजारमा पुर्याउन कुनै समस्या नहुने भन्ने । उनी भन्छन उत्पादित बस्तु बिक्री भएन भने शितभण्डारमा राखेर बजारमा पुर्याउन सकिन्छ भन्ने उनको पनि खुसी सपनामात्र बन्न पुगेको छ ।
कृषि उत्पादनका लागि अग्रणी इलामका वासिन्दाले शितभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् । इलाम सदरमुकाममा निर्माण भएको शित भण्डार सम्पन्न भएको ९ वर्ष वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । 
निमाण भएको आठ वर्ष वित्दा पनि इलाम नगरपालिका ९ को शेरामा बनेको नेपाल भारत मैत्री शितभण्डार सञ्चालन हुन सकेको छैन । भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैया“ खर्चेर शितभण्डार बनाइएको भएपनि लामो समयसम्म सञ्चालन नहु“दा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । महंगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा पुगेको छन । दुई हजार मेट्रिक टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउ“दा यहा“ उत्पादन हुने किवी,आलु टमटर सहितका फलफूल, साग सब्जी लगायतले उचित बजार पाउन सकेको छैन ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा संविधान सभाका अध्यक्ष सुवस चन्द्र नेम्माङले शिलन्यास गरेका थिए । त्यसपछि फेरी नेपाल भारत मैत्री शितभण्डार निर्माण गर्नै भनेर भारतीय मन्त्रीले पुन उद्घाटन गरे । दुईपटक उद्घाटन गरि बनाइएको शितभण्डार  सञ्चालन नहुँदा निर्माण सकिएयता नगरपालिकाले विद्युत उपभोगको रकम ,नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च नगरपालिकाले व्यहोर्नु परिरहेको छ । एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि कोल्ड स्टोर संचालनमा ल्याउन कठिनाई भएको र यसलाई फरक तापक्रममा फरक खाले तरकारी र फलफुललगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता रहेको छ । सिंगल च्याम्बर’ भएकाले केही असर नगनें भएपनि कोल्ड स्टोर संञ्चालन गर्न कसैले हिम्मतै नगरेको हुँदा चल्न नसेकेको भनाइ छ । नगरपालिकाले पटक पटक ठेक्का खुलाउँदा पनि सञ्चालनको लागि अहिले सम्म कोही नआएको इलाम नगरपालिकाका प्रशाशकिय अधिकृत रामकुमार शाह बताउँछन ।
 इलाम नगरपालिकाले कर्मचारी वापत मासिक १५ हजार रुपैया“ विजुलीको विलवापत वार्षिक ६ लाख हाराहारीमा र बार्षिकरुपमा कोल्डस्टोरलाई चुस्त राख्न लाखौ रुपैया“समेत नियमति खर्च भइरहेको कार्यालयको तथ्याड्ढमा छ । जिल्लाको पहिलो कोल्डस्टोरको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आ“ट गर्नसकेका छैनन् । जिल्लामा अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा विक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, का“क्रा, फर्सी, रायो साग जस्ता तत्काल बिक्रि गर्न वजार पुर्याउनु पर्ने बाध्यता कहिले हट्ला भन्ने सबै कृषकको चासोको बिषय बन्न पुगेको छ । 
सन्दकपुर अनलाइनबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता