इलाम, १९ पुसः इलाम सदरमुकामस्थित एक सहकारी संस्थाले आफ्नो साधारण सभाको उपलक्ष्यमा भालुढुंगा सामुदायिक पर्यटन प्रर्वद्धन विकास संस्थालाई सम्मान गरेको छ । जिल्लाकै पुरानो र प्रतिष्ठित सहकारी संस्था शताब्दी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औं साधारण सभाको अवसरमा भाुलढुंगालाई सम्मान गरेको हो ।
इलामको समग्र पर्यटन विकासमा संस्थाले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्दै नगद रु. ७,५५५ ले सम्मान गरेको हो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई पनि सफल बनाउन भालुढुंगाको प्रयास अतुलनिय रहेको सहकारीले जनाएको छ । भालुढुंगाको तर्फबाट उपाध्यक्ष रजिन खड्काले उक्त सम्मान ग्रहण गरेका थिए ।
