
इलाम, १९ पुसः इलाममा दुई दिने आधारभूत फोटोग्राफी तालिम तथा फोटो वाक सम्पन्न भएको छ । नेपाल फोटो पत्रकार महासंघ इलामले आयोजना गरेको तलिममा जिल्लाका विभिन्न ठाउँबाट वीस जना भन्दा वढीको सहभागिता रहेको थियो ।
शुक्रबारबाट सञ्चालन भएको तलिममा इलामका पत्रकार सुदिप श्रेष्ठले सहगीकरण गरेका थिए भने फोटो वाकमा सुदिप श्रेष्ठ र हरि गुरुङले अनुभव आदान प्रदान पनि गरेका थिए । तालिममा सहभागिहरुलाई कसरी राम्रो फोटो खिच्ने र फोटोको महत्व वारे जानकारी गराईएको थियो साथै क्यामाराको बारेमा पनि जानकारी गराईएको थियो । फोटो वाकमा सहभागिहरुलई फिल्डमा लगेर तस्विरहरु खिच्न पनि सिकाइएको थियो ।