- विनय तिम्सीना
इलामः इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विगत केही दिन देखि प्रशासनिक काम ठप्प भएका छन् । विद्यार्थीहरुले विभिन्न १८ वुँदे माग राख्तै क्याम्पसमा रहेको प्रशासनिक भवनमा ताला वन्दी गरेका छन् ।
विद्यार्थीको तालावन्दीको कारण क्याम्पसमा समस्या भएको र दैनिक पठनपाठनका काममा पनि समस्या आएको सहायक क्याम्पस प्रमुख लुइटेल बताउँछन । विगत लामो समय देखि क्याम्पस प्रमुख क्याम्पसमा अनुपस्थीत भएकोले पनि यो समस्या आएको लुइटेलले वताए ।
मरव क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भएको थियो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत्वमा क्याम्पस प्रमुखलाई धम्क्याएको कुराहरु पनि आई रहेको छ । केहीदिन अगाडि मात्रै क्याम्पस प्रमुख ४० दिन यता काठमाडौं गएकाले क्याम्पसको अवस्था अस्तब्यस्त बनाएको भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने कुराले सामाजिक सन्जलमा मसलानै बन्दै आएको छ ।
क्याम्पसलाई रचनात्मक रुपमा विद्यार्थीको समस्याको सामधानको माग राख्दै क्याम्पसमा तालवन्दीगरेको र जसरी पनि समस्याको सामाधा गराएरै छाड्ने अन्दोलनत विद्यार्थी संगठन अनेरास्ववियुका क्याम्पस अध्यक्ष दर्शन राई वताउँछन् ।
क्याम्पस प्रमुखको राजिनामा लगायतका माग राख्दै प्रशासनिक भवनमा तालावन्दी भए पछि विद्यार्थीहरुले गर्नु पर्ने नियमित कामाम अवरोध पुगेको र नयाँ विद्यार्थीहरुको रजिस्टेसन फाराम भर्ने म्याद यहि पुस २५ गते सम्म मात्र भएको र यो अन्दोलनले विद्यार्थीको भविष्यलाई अन्योलमा परेको वि.एड प्रथम वर्षमा अध्ययनरत छात्रा उशा लामिछाने वताउँछीन ।
यता क्याम्पस प्रमुख गुरागाई भने आफुलाई क्याम्पसको पक्षमा काम गर्न नदिएको गुट वन्दीको राजनीति गरेर क्याम्पसलाई नै धरापमा परेको आरोप लगाउँछन् । अहिले राखिएका मागहरु विद्यार्थीको पक्षमा नभएको र विद्यार्थीको हक र अधिकारका लागि आफु सँधै लागिपर्ने वताउँछन् ।
क्याम्पसमा केही दिन अघि जाडो विदाको सूचना प्रकाशन गरेर विदा गरेको भए पनि आधिकारीकरुपमा क्याम्पस पुस २१ गते देखि मात्र विदा हुने भन्दै केही प्रध्यापकहरुले पठनपाठन सूचारु गरी रहेका छन् भने केही प्रध्यापकहरु क्याम्पस आएका छैनन् । क्याम्पस प्रमुख क्याम्पसमा आएर समस्या सामाधान गर्नु पर्ने र यो गुटको राजनीति क्याम्पसमा वन्द गरिनु पर्ने नेपाल विद्यार्थी संघका कायवाहक अध्यक्ष प्रकाश भट्टराई वताउँछन् ।
मरव क्याम्पस इलाममा भईरहेको गतिविधिले यति वेला इलाम बजार राम्रै तातेको छ । विद्यार्थीलाई शिक्ष दिने क्याम्पसमा अनेक किसिमका गतिविधिले क्याम्पसको भविष्यनै अन्धकार हुने जानकारहरु वताउँछन् ।
हेर्नुहाेस् न्युज २४ टेलिभिजनमा प्रशारित भिडियाे