इलामको सेरामा वसको ठक्करबाट भेन दुर्घटना छ जना घाइते

इलाम, १७ पुसः इलामको सेरामा वसको ठक्करबाट भेन दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । इलामबजारबाट गोलाखर्क भञ्ज्याङको लागि छुटेको मे १ ज १२९९ नं.को भेनलाई ना. ७ ख ७४७३ नं.को ताप्लेजुङबाट काठमाण्डौ जादैगरेको बसले ठक्कर दिंदा दुर्घटना भएको हो । वसको ठक्करबाट भने सडकभन्दा तल खसेको छ । 
भेनमा सवार ६ जना नै सामान्य घाइते भएको र उनिहरुको उपचार इलाम अस्पतालमा भई रहेको जिल्ला ट्राफिक कार्यालय इलामले माइपोखरी न्युजलाई जानकारी गराएको छ । बस ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता