जिल्ला प्रहरी कार्यालय इलाममाद्वारा दुई जना फरार अभियुक्त पक्राउ

इलाम, ९ फागुनः जिल्ल प्रहरी कार्यालय इलाममले दुई जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाममा मुद्दा दर्ता भई फरार रहेका बहुबिवाह मुद्दाका फरार अभियुक्त इलाम जिल्ला माईजोगमाई गाउँपालिका–५ बस्ने बर्ष ३२ को टंक बहादुर थलङग लिम्बुलाई माङसेबुङ गाँउपालिका–२ बाट पक्राउ गरेको छ भने जबरजस्ति करणी (हाडनाता) मुद्दाका   फरार रहेका इलाम जिल्ला चुलाचुलि गाउँपालिका–५ बस्ने बर्ष ३७ को परीवर्तित नाम इलाम द (१) लाई इलाम प्रहरीले धरान बाट पक्राउ गरेको छ । मिति २०७६ साल पुष १८ गते जबरजस्ति करणी  गरी फरार रहेकोमा विहिबार पक्राउ गरेको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता