इलाम नेपाली फुटबल इतिहासको चम्किलो तारा, १३७ वर्षे इलामको ठूलो टुँडिखेलको इतिहाँस मेटीने संघारमा


  • विनय तिम्सीना

इलामः नेपालको सुदूरपूर्वी जिल्ला इलामको पर्याय खेलकुद हो । इलाममा फुटबल  खेलको इतिहास हेर्नेहो भने इस्वी सम्वत १८२६ ताका देखि शुरुभएको तथ्यहरु पाउन सकिन्छ । जव नेपालले इस्वी सम्वत् १८१६ मा भारतमा शासित व्रिटीससँग सुगौलीसन्दी भयो त्यस पछि सन् १८२६ मा दार्जिलिङ पनि भारतमा गवियो । भारतमा दार्जिलिङ गाविए पछि विकासको काम गर्न इलामका जनशक्ति गए त्यही वेला देखि व्रिटीस सेनाको भर्ति गुममा शुरु भयो त्यो बेला भारत छिरेका नेपालीहरु फुटबलमा सामेल हुन थाले । भारतमा काम गर्ने र सेनामा भर्तिभएका नेपाली नेपाल आउँदा कोसेलीको साथमा भकुन्डो पनि लिएर आउन थाले र आफुले सिकेको खेल छोरा छोरीमा पुस्तान्तरण हुँदै खेल बारीको काँल्लामा कपडाको भकुण्डो बनाएर भएपनि खेल्न थालेको इतिहास छ । 
इलाममा फुटबलखेल टीम बनाएरै खेल्ने चलन भने सम्भवत १९८० को दशकमा शुरु भएको हो । इलाममा वडाहाकिमको रुपमा जर्नेल÷कर्नेलहरु काठमाण्डौबाट आउँथे उनीहरुसँग अरु मानिसहरुपनि आउँथे र सोहीवेला राज सम्सेर इलाम वडाहाकिम भएर आए उनी राम्रा फुटबल खेलाडी समेत भएकाले इलाममा फुटबल शुरुहुन सहजभएको थियो । उनीसँग   फुटबल खेलाडीहरु पनि आएका थिए ।
इलामकै एक अग्रज पदम वहादुर देवान १९८३ मा इलाम आए र अंग्रेजी माध्यमको पढाईको शुरु गरे उनी खेलमा निक्कै रुची राख्ने भएकाले पनि उनले इलाममा फुटबल खेलको विकासको लागि महत्वपूर्ण योगदान गरे ।
जब वि.स. १९९० मा जर्नेल महाविर सम्सेर वडाहाकिम भएर इलाम आए । उनी फुटबल खेलाडी तथा खेल संयोजक समेत भएकाले  इलाम वसुन्जेल आफ्नो फुटबल टीम पनि थियो । उनको टीमसँग फुटबवल खेल्न थाले पछि इलाममा पनि धेरै खेलाडीहरु उत्पादन भएका थिए । इलामको अर्को गौरव गर्न लायक इतिहास इलामको टीम र वडाहाकीमको टीमविचको खेलहरु हुने गरेको हो इलामे टीमलाई वडाहाकिमको टीमले नजितेसम्म राती भए पनि मैदनको चारैतिर मैनटोल बालेर खेल्ने चलन थियो । वडाहाकिमको टीमले जितेपछि दुवै टीमका खेलाडिलाई वडाहाकिमले लगेर भोज खुवाने चलन पनि भएको इतिहास रहेको छ । 
यसै विचमा इलाम अस्पतालको स्थापना भयो । वि.स. १९९५ तिर इलाम अस्पतालमा आएका केही वंगाली डाक्टरहरु पनि फुटबल खेलमा रुची राख्ने भएकाले  उनीहरुले पनि इलामको टुडिखेलमा फुटवल खेले । त्यस पछि भने इलामको गाउँगाउँमा फुटबलखेल लोकप्रिय भयो । 
इलाममा १९९० कै दशकमा भारतको दर्जिलिङबाट फुटबल खेल्न आएको ब्रिटीस गोर्खा टीमलाई इलामे टीमले पराजित गरेको इतिहास अहिले पनि वुढापाकाहरु सुनाउने गर्छन । 
इलाममा २००४ सालमा पद्मोदय आदर्श हाईस्कुल स्थापना भयो । स्कुलको स्थापनासाँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा फुटबल खेलाईन थाल्यो । विद्यालयका माथिल्लो कक्षाका विद्यार्थी र शिक्षकहरु इलामको टुडिखेलमा गएर फुटबल खेल्न थाले । वि.स. २०१० सालमा करफोकमा विद्यालय स्थापना भए सँगै इलामको माइपारी पनि खेलमैदन वनिन थाले र फुटबलको विकास हुन थाल्यो । 
पञ्चायती व्यवस्थाको शुरुवातसगै इलामको फुटबल ओझेलमा
यसरी इलाममा स्थापित भएको फुटबललाई नेपालको राजनीतिक र सामाजिक परिवर्तनबाट इलाम पनि अछुतो रहेन । वि.स. २०१६ पछि यो खेल बिस्तारै छायामा पर्न थाल्यो । सुरुवातमै नेपाली खेलकुदको मूलधारमा आउन लागेको इलामेली फुटबल फेरि छायामा प¥यो । देशको राजनीति केन्द्रिकृत भयो । देशको विकास काठमाडौं केन्द्रित भयो । इलामको संस्कृति भारतको सिक्किम र पश्चिम बंगाल राज्यमुखी भयो । 

१९९० देखि नै इलामे खेलाडीको सनसनी
इलामे खेलाडीहरुको खेल कैशलता देखेर इलाम आएका वडाहाकिमहरुले कतिपयलाई आफ्नो टीममा सामेल गर्न थाले त्यही क्रममा इलामे खेलाडीहरु महाविर टीममा सामेल भएर समेत फुटबल खेल्न थाले । वि.स. १९९० पछि पदम वहादुर देवान, पूर्ण प्रसाद वैद्य, लोक वहादुर खत्री, गोविन्द प्रसाद सिंह, दुर्गा प्रसाद शिवाकोटी, देवी भक्तराज, सेर वहादुर पराजुली, अम्बर राज श्रेष्ठ लागायतका खेलाडीहरुले इलाममलाई फुटबलबाट चिनाए उनिहरु महावीर टीमबाट काठमाण्डौसम्म पुगरे खेलेको इतिहास सुन्न पाईन्छ । 
यसरीनै इलाममा वि.स. २००० पछि पनि इलामे खेलाडीको चर्चा रहिरहयो । वीर वहादुर देवान, नारायण प्रसाद वैद्य, दुर्गा प्रसाद खड्का आदीले इलामबाट राम्रो खेल कौशल प्रस्तुत गरे । 
जव इलाममा २००४ सालमा स्कुल खुल्यो त्यस पछि फेरी इलाममा खेलाडीहरु थपिए त्यो समय वि.स. २००४ साल पछि २०२० साल सम्म रन वहादुर वुढाथोकी, चन्द्र वहादुर वुढाथोकी, इन्द्र, प्रधान, पूर्णलाल श्रेष्ठ, जकदेव शाक्य, भगवतीदाश श्रेष्ठ, वेद प्रसाद शिवाकोटी, ठाकुर वैद्य जस्ता खेलाडीहरु आए । उनीहरु पछि खड्ग प्रसाद वैद्य, गोविन्द कृष्ण श्रेष्ठ, टीका शिवाकोटी, जुतु शिवाकोटी, आदीको उदय भयो । उनीहरु पछि हिरालाल कर्मचार्य तुलसी शाक्य, उमाकान्त शिवाकोटी, तिलक वहादुर कार्की, कुल बहादुर गुरुङ, हेम बहादुर गुरुङ, हरिहर काफ्ले लगायत पल्टनबाट फर्कीएर आएकाले पनि राम्रै खेलको प्रदर्शन गरे । 
इलामको फुटबल इतिहासमा वि.स. २०२० साल पछि भने खेलाडीहरुको खडेरी लागेको पाईन्छ त्यो समय धुव्र भक्तराज, युरोप राई जस्ता खेलाडीहरु भए पनि त्यती धेरै चर्चा वोटुल्न सकेन ।

इलामेली फुटबल मूलधारमा आउन ४० को दशक पर्खनुप¥यो
२०४२ सालमा इलामको फबुटल चरमउत्कर्षमा थियो । गणेश पाण्डे, धिरेन्द्र प्रधान र ध्रुव भक्तराज सम्मिलित इलामको फुटबल चरम उत्कर्षमा थियो । त्यस वेला मंगेश वस्नेत, दर्शन भक्तराज, विनोद श्रेष्ठ जस्ता खेलाडीहरु पनि उदाएका थिए ।  यो इलामको फुटबल र यो त्यो स्तर लामो समय स्थिर रहन सकेन । एन्फाको नीति केन्द्रीकृत रह्यो । राष्ट्रिय खेलकुद् परिषद्को नीति पनि केन्द्रीकृत रह्यो । इलामको त्यो स्तर कायम रहेन ।
२०५० को दशकको अन्त्यमा इलामेली फबुटबलले फेरि अर्को स्टार पायो । एन्फा एकडेमीको पहिलो ब्याजका लोकबन्धु स्टारको रुपमा उदाए । अनुशषान र फुटबलिङ क्लासका नमुना लोकबन्धु पछि सुवास राई, मनिस बस्नेत, राजु थापा, महेश खडका, विवेक बस्नेत, बिसाल बस्नेत, छिरिङ गुरुङ इलामेली फबुटबलमा पछिल्लो समय उदाउन सफल भए । उमेर समूहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नसमेत यिनीहरु सफल भए । यसरी उदयभएको स्टारमा अर्का इलामका स्टार उदाए वंगवन्धु गोल्डकप जीताउनका नेपाली टीमका नायक भएर उदाएका नवयुग श्रेष्ठले देशकै फुटबलमा सनसनी मचाए । उमेर समुहका अहिले इलामबाट दर्शन गुरुङले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।   इलमेली फुबटबल पछिल्लो समय उदाउँदो क्रममा र चर्चामा पछि रहेको छ । अहिले भर्रखरै राष्ट्रिय टोलीमा इलामका छिरिङ गुरुङ र दर्शन गुरुङलाई पनि बोलाईएको छ उनीहरु प्राराम्भीक ३० मा परेका छन् । 

इलामको फुटबल र टुँडिखेलको नङ र मासुको जस्तो सम्वन्ध 
इतिहास पल्टाउने हो भने वि.स. १९३९ सालमा इलाममा गजराज थापा वडाहाकिम भएर आए र उनैले इलाममा टुँडिखेल बनाउने काम शुरु गरेका हुन । इलामको हाल जिल्ला प्रसाशन कार्यालय छेउमा भएको सेनाको क्याम्पमा सेनाका वडाहामीमहरु वस्ने गर्दथे भने माइस्थानमा सेनाका जवान वस्थे अहिले भएको सिलिखानको विपि पार्कमा भने सेनाले गोला वारुद्ध राख्ने काम गर्दथ्यो त्यसरी छरीएर वसेको सेनालाई कवज खेल्ने ठाउँ चाहिएको थियो । काफ्लेहरुको स्वमित्वमा रहेको हाल टुँडिखेल बनाइएको ठाउँलाई सेनाले स्थानीय वसिको मद्दतमा हल गोरु लगाएर मैदनको रुपमा प्रयोग गर्न मिल्ने वनाएको हो ।  त्यस पछि भने टुडिखेलमा सेनाले दैनिक कवज गर्न  थाल्यो ।
टुँडिखेलमा विषेश पर्वहरुमा विभिन्न खेल्कुद कार्यक्रम पनि राख्न थालियो यसरी इलाममा रहेको टुडिखेलमा खेलकुद गतिविधि शुरु भएको हो । 
इलामको फुटबलको इतिहास जसरी शुरु भए पनि फुटबललाई एकसुत्रमा वाँधनेकाम भने इलाम बजारमा रहेको नेपाली सेनाको ठूलो टुडिखेलले गरेको छ । 
इलाममा २०५१ सालमा जिल्ला खेलकुद विकास समिकिो स्थापना भएसँगै टुँडिखेललाई मर्मत गरेर फुटबल खेल्न योग्य बनाउन थालियो । विभिन्न समयमा विभिन्न खेलको लागि टुँडिखेलले आफ्नो अस्तित्वको चुनैती दिदै आएको छ । धेरै जसो खेलकुदकै लागि प्रयोग गरिने टुडिखेल अहिले कुनै पनि खेलको लागि प्रयोगमा ल्याउनु चुनौती जस्तै बनेको छ । खेलाडीहरुका लागि खेल खेल्न योग्य नभए जस्तो देखिन थालेको छ । टुडिखेलमा खेल खेल्न योग्य बनाउनको लागि इलामा रहेको माइभ्याली फुटबल क्लवले धेरै कोशिस पनि गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङ वताउँछन् ।  २०४५ सालको भुकम्प पछि माइभ्याली स्पोटीङ क्लवले भुकम्प स्मृति कपको ३ वटा सँस्करण सञ्चलन गरेको थियो त्यसवेला पनि खेल मैदान मर्मत गरेर फुटबल खेल्न योग्य बनाइएको थियो । 
इलाममा रहेको ठूलो टुँडिखेलमा गाउँगाउमा छनौट खेल भएर अन्तिम छनौटको लागि खेल खेलाईने देखि लिएर जिल्लामा हुने विभिन्न प्रतियोगीता हुने पनि गरेको छ । 
इलाममा जिल्ला फुटबल संघको गठन भए सँगै टुँडिखेलमा फुटबल गतिविधि गर्नको लागि मैदान मर्मत गर्नेकम पनि शुरु गरियो । विभिन्न संघसंस्था तथा व्याक्तिहरुलाई सयोगमागेर बजारमा हाउजी खेलाएको पैसा वचाएर पनि टुँडिखेलमा खेल खेल्न योग्य बनाएको सम्झना निरोज खड्गी सुनाउँछन । जव २०७१ सालमा इलामको ठूलो टुँडिखेलमा माइभ्याली फुटबल क्लवले माइभ्याली गोल्डकपको शुरुवात ग¥यो त्यस पछि फुटबवलको लागि टुडिखेले धेरै नै योगदान दियो नेपालमा रहेका ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरु र विदेशी टीमहरु समेत टुँडिखेलमा आफ्नो खेलकैशल देखाउन थाले । खेलको स्तर बडाउन र खेलाडीहरुको चोटलाई ध्यानमा राख्दै टुँडखेलमा चौर लगाउने काम पनि भयो माइम्यालीको तेस्रो संस्करणमा बाँसको पारापिटमा वसेर हरियो मैदानमा इलामेली दर्शकले खेल हेर्न सम्मेत पाएका थिए । तर त्यो इतिहास भईसकेको छ अहिले टुँडिखेल खहरेमा वढी आईसके पछिको  बगरको आवस्था जस्तो भएको छ । इतिहास पल्टाएर हेर्नेहो भने सेनाले आफ्नो टुँडिखेल भएकोले कहिलेकाही कवज खेल्ने र फुलपातिमा वढाईँ गर्ने वाहेक अन्य समयमा खेलको लागि मात्र प्रयोग भएको देखिन्छ । जव इलाममा रहेको एउटामात्र खेल मैदानले शितताप भोग्यो अनि वगर वन्यो यस्मा पनि इलामको टुँडिखेलमा लाग्ने वेमौसमी मेला र महोत्सवले टुडिखेलको अस्तित्वनै मेटाउन लागेका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको टुँडिखेलमा नेपाली सेनाले खेलकुदका गतिविधिलाई मात्र अनुमति दिने गरेको भए पनि देशमा संघियता आएसँग स्थानीय सरकारले आफ्नो फाइदाको लागि अन्य कार्यक्रलाई पनि अनुमति दिंदा टुडिखेल कहिलेकाई कन्स्ट गर्ने ठाउँ समेत वनेको छ । यति मात्र हैन टुँडिखेल अहिले अतिक्रमण र पहिरोको चपेटामा समेत परेको छ । इलामका खेलप्रेमीहरु टुँडिखेललाई खेलकुदमा मात्र प्रयोग गर्नुपर्ने र अन्य कुारा गर्नको लागि यसको विकल्प खोज्नु पर्ने वताउँछन् ।  

इलाममा महिला फुटबलको विर्सनै नसकिने इतिहास
इलाम जिल्लाको अगुवाहरु राणा कालमा इलाममा फुटबल भित्रिए पनि यसले नेपाली फुटबलको मूलधारलाई नछोएको बताउँछन् । पछिल्लो समय पुरुष फुटबल र महिला फुटबलमा इलाम जिल्ला एकै पटक चर्चामा आयो । रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, संगीता रावत र शोभा राई, इन्द्र राई र जमुना पाण्डे समावेश थिए । ०४३ सालमा राष्ट्रिय महिला फुटबलमा पहिलो भएको मेचीको फुटबल टोलीमा १२ जना इलामेली थिए ।
इलाम पछिल्लो समय भएको पूर्वाञ्चलस्तरीय महिला फुटबलमा पहिलो भएको थियो । इलामको सबै निकायको सहयोग र राज्यको पनि सहयोग भए अझ सम्भावना रहेको अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य निरोज खड्गी बताउँछन् ।
रञ्जना दर्जी र कल्पना राई, संरचना प्रधान, अञ्जीला तुम्वापो सुव्वा इलामबाट उदाएका राष्ट्रिय महिला फुटबलर हुन् । भारतको सिमामा पर्ने  पशुपतीनगर, फिक्ललगायत क्षेत्रबाट महिला फुटबलको उदय सुरुवातमा नै हुन गएको हो । अहिले यो क्रम बढ्दै इलाम जिल्ला भरी पुगेको छ ।
अहिले एन्फाको पनि चासोको केन्द्रमा यो जिल्ला परेको छ । अखिल नेपाल फुटबल संघको गोल प्राजेक्ट योजना इलाममा रहेको र जिल्लामा ग्रासरुट कार्यक्रम सञ्चालन भईरहेको कारण यहाँ भौतिक संरचनाले पनि ब्यापकता पाउने र केही समयमा नै फुटबलमा उन्नती हुँदै एन्फाका केन्द्रीय सदस्या निरोज खड्गी बताउँछन् ।

इलामको पहिलो कप गजराज कप
इलाममा फुटबलको इतिहास धेरै पुरानो भए पनि भाले र खसीमा प्रतियोगिता हुन्थे । वि.स. २००० को दशकमा गजरराज कपको स्थापना भयो । त्यस पछि भने देशमा प्रजातन्त्रको उदय भएको केही वर्ष पछि ग्रमिण विकास कप, रण विर शिल्ड, पूर्ण मेमोरिल कप, कपल शिल्ड, ज्ञानी मेमोरिल शिल्ड आदीको स्थापना भयो । इलाममा यसरी विभिन्न कपका प्रतियोगिता हुँदा ध्रुव भक्तराज, इन्दीवर सिं (गोलरक्षक), प्रकाश भक्तराज, मान वहादुर मुखिया, युरोप रार्य, देव कमाुर, सुवाष नेम्वाङ, भूपाल दर्जी, कुमार श्रेष्ठ (खरिवोटे), रत्न कोइराला, गणेश वैद्य, केशव खत्री, ध्रुव खत्री, शरण पण्डे लगायतका चर्चित खेलाडी थिए ।  इलाममा त्यस पछि आएर भुकक्प स्मृति कप, अहिले देशकै चर्चित माईभ्याली गोल्डकप आदी रहेका छन् । यी सवै प्रतियोगिताहरु इलामको टुँडिखेलमा हुने गरेका थिए र माइभ्याली गोल्डकप पनि टुँडिखेलमा नै हुँदै आएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता