सन्दकपुरमा अवैध रुपमा ड्रोन उडाउने १० जना नेपालीलाई भारतीय एसएसवीद्वारा पक्राउ

इलाम, ६ फागुनः सन्दकपुरमा अवैध रुपमा ड्रोन उडाउने दश जना नेपालीलाई भारतीय सीमा सुरक्षावल एसएसबीले पक्राउ गरेको छ । पक्रउ परेका नेपालीलाई भारतको सुकियापोखरी थानामा वुझाइएको छ । पक्रउ पर्नेमा झापा घर भएका विज्ञान गौतम, विश्वस घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, आमेस भट्टराई, समेस रिजाल, कृष्ण सापकोटा, सुवोध त्रिरुपती रहेका छन् ।
उनीहरुलाई अन्तराष्ट्रिय सीमा क्षेत्रमा कुनै प्रशासनिक अनुमति विना नै ड्रोन उडाउन नपाउने भारतीय कानुन ०९/३० तरेख १७/०२/२० आइपिसी २७८/३३६/३४ आरडव्लु ११/११ एयर क्राफ्ट एक्ट धारा अनुसार केस दर्ता गरिएको सुकियापोखरी थानाले जनाएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता