माइभ्याली गोल्डकप २०७६को खेल तालिका सर्वजनिक, फागुन १५ गते भारतको नागाल्याण्ड र नेपालको रुपन्देही भिड्ने

इलाम, ६ फागुनः नेपालकै चर्चित फुटबल प्रतियोगिता माईभ्याली गोल्डकपको छैटौँ संस्करणको फागुन १५ देखि फागुन २४ हुने छ ।  नेपाली सेनाको स्वमित्वमा रहेको इलामको ठूलो टुँडिखेलमा हुने यो प्रतियोगिताको लागि आयोजक माइभ्याली फुटबल क्लवले सोमबार खेलतालिका प्रकाशन गरेको छ । 
माइभ्याली गोल्डकपमा १० वटा टिमको सहभागिता रहने छ ६ वटा नेपालका टीम र चार वटा विदेशी टीमको खेल दर्शहरुले हेर्न पाउँने छन् । नेपालका एडिभिजनका ३ वटा क्लवहरुमा लिग विजेता मछिन्द्र क्लव काठमाण्डौँ, उपविजेता नेपाल आर्मी क्लव, लिग तालिकाको सातौँ स्थानमा रहेको संकटा क्लब काठमाण्डौँ र अन्य नेपाली क्लब गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहने छन् । विदेशी टीमा भारतको नागालाइनको कोहिमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोटीङ क्लव र दार्जिलिङको  एमएफसी दार्जिलिङ र सिक्कीमको ग्यान्टोक सीटी फुटबल क्लब विचको खेल हेर्न सकिने भएको छ । आयोजकको माइभ्याली फुटबल क्लबले सहभागीता जनाउँने छ । 
खेलको पहिलो दिन फागुन १५ गते कोहिमा इजल र रुपन्देहीको खेल हुने छ । १६ गते आयोजक र सिक्कीमविचको खेलहुने छ । १७ गते दर्जिलिङ र झापा ११ विच खेल हुनेछ । १८ गते नेपाल आर्मी र संकटा विचको खेल हुने छ । 
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता