माइभगवती बृद्धाश्रममा स्वास्थ्य शिविर

इलाम, ९ फागुनः माइभगवती बृद्धाश्रममा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ५० जना लाभान्वित भएका छन् । समाजसेवी स्वर्गिय चेतकुमारी दहालको स्मृतिमा माईभगवती बृद्धआश्रमले शिवरात्रीको अवसर पारेर शिविरको आयोजना गरेको थियो । इलाम अस्पतालका डाक्टर दिपिका रिजाल सहितको स्वास्थ्यकर्मीको टोलीले आश्रममा आश्रित बृद्धबृद्धा सहित सो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको उपचार गरेका थिए ।  
दुई बर्ष अगाडी बृद्धश्रममा आश्रित बृद्धबृद्धाको औषधोउचारलाई सहयोग गर्ने हेतुले आफ्ना स्वर्गीय आमा चेतकुमारी दहालको स्मृतिमा डाक्टरद्वय हिमाल दहाल र आशा कार्कीले २ लाख अक्षय कोषको चेतकुमारी दहाल मेमोरियल ट्रष्टको स्थापना गरेका थिए । बृद्धआश्रमको मातहतमा रहनेगरि स्थापना गरिएको ट्रष्ट  आशा कार्कीको संयोजकत्वमा सञ्चालित छ भने संरक्षक संस्था महिला जागरण संघ इलाम रहेको छ । आश्रममा आश्रित तथा अन्य गरि ५० जनाले शिविरबाट सेवा लिएको बृद्धआश्रमका कोषाध्यक्ष कोमलकुमार निरौलाले बताए । शिविरमा स्थानीय सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । डाक्टर हिमाल दहाल इलामको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा कार्यरत थिए भने डाक्टर आशा कार्की परिवार नियोजन संघ इलाममा कार्यरत थिईन् । डाक्टर दम्पतीले ग्रीन भ्याली एकेडेमी स्कुलमा पनि आफ्नो छोरी आर्या दहालको स्मृतिमा विगत ७ बर्षदेखि यस्तै कोष स्थापना गरि एलकेजीमा प्रथम हुने छात्रछात्रालाई पुरस्कृत गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता