सेना दिवसको अवसरमा भएको खेलमा नेपाल आर्मी विरुद्ध इलाम जिल्लावासीको जीत

इलाम, १० फागुनः  इलामको ठूलो टुँडिखेलमा भएको नेपाली सेनाको गढीथुम्कामा रहेको पशुपति प्रसाद गण र माइभ्याली विच भएको  मैत्रिपूर्ण फुटबल खेलमा इलाम जिल्लावासीको टिम विजयी भएको छ । नेपाली सेनाको सेना दिवसको अवसरमा श्री पशुपति प्रसाद गण गढीथुम्मकाले आयोजना गरेको खेलमा इलाम जिल्लावासीको टिम ३–४ गोलले विजयी भएको हो । निर्धारित समयमा दुवै टीमबाट कुनै पनि गोल नभए पछि खेल थप समय सम्म गएको थियो थप समयमा पनि कुनै गोल हुन नसकेन । दुवै टीमबाट कुनै गोल हुन नसके पछि ट्राइव्रेकरमा इलाम जिल्लावासीको टिम ४ गोल गर्दै विजयी भएको हो । पशुपति प्रसाद गणबाट ३ गोल मात्र भएको थियो । खेलमा इलाम नगरपालिकाका प्रमुख महेस वस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, माइभ्याली फुटबल क्लबका धिरेन चेम्जोङ तथा जिल्लामा रहेका कार्यालयका कार्यलय प्रमुखहरुको उपस्थिति रहेको थियो । सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नागरिक र सेनाको सम्वन्ध प्रगाढ बनाउने उद्देश्यकासाथ नेपाली सेनाले मैत्रीपूर्ण खेल आयोजना गरेको जनाएको छ । रनिङ शिल्डको रुपमा रहेको सो प्रतियोगिता सेना दिवसको अवसरमा हुने पनि जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता