पुस्तक विमोचन तथा विविध कार्यक्रमका विच हेरिटेज नेश्नल एकाडेमीको वार्षिक उत्सव

इलाम, १० फागुनः इलाम सदरमुकाममा रहेको हेरिटेज नेश्नल एकाडेमीको १२ औँ वर्षिक उत्सवको अवसरमा विविद कार्यक्रमहरु सम्पन्न भएका छन् । जिल्लाको अव्वल शैशिक संस्थाको रुपमा रहेको विद्यालयमा विद्यार्थिहरुको सहभागितामा विभिन्न संस्कृतिक कार्यधक्रमहरु, विज्ञान प्रदर्शनी, हस्तकला, दिगो विकास झल्काउने विकासका मोडल तथा खाद्य स्टलहरु राखिएको थियो । जिल्लामा भरर्खरै प्रदेश सरकारबाट नमूना विद्यालयको रुपमा पुरस्कृत गरेको विद्यालयमा अहिले कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला पुस्ताकलय तथा स्मार्ट बोर्डको माध्यामबाट पठनपाठन गराईदै  आएको छ । 
विद्यालयको वर्षिक उत्सवको उपलक्षमा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा इलाम नगरपालिकाका प्रमुख महेश वस्नेत, जिल्ला शिक्षा समन्वयका प्रमुख, जिल्ला प्याब्सनाका उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । अतिथिहरुले विद्यार्थीहरुले गरेको प्रदर्शनीको अवलोकन गरेका थिए ।  प्रमुख अतिति गणेश बरालले इलाम जिल्लाको शिक्षामा विद्यालयले गरेको योग्दानको प्रशंसा गरेका थिए । 
विद्यालयको पठनपाठन अव्वल रहेको र अझै पनि विद्यालयमा भौतिक रुपमा सवल वनाउनको लागि बल्कको प्रयोग, स्टेज तथा अभिभावक प्रतिक्षालय कक्षको निमार्ण कार्यसमेत शुरुहुन लागेको तथा  गरिव र निम्न वर्गिय विद्यार्थीहरुको लागि नेपाल आर्मीसँग सम्झौता गरी छात्रवृतिको समन्वय भइरहेको विद्यालयका अभ्ष टीका प्रसाद फुएलले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता