सरकारको विरोद्ध गर्दै इलाममा नेविसंघको मसाल जुलुस


इलाम, ११ फागुनः इलाममा  नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले शनिबार साँझ मसाल जुलुस निकालेको छ। इलाम बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै  नेबिसंघले जुलुस निकालेको हो । 
शुक्रबार नेपाल विद्यार्थी संघले राजधानीमा निकाले शान्तिपूण र्यालीमा सरकारले हस्तक्षेप गरि लाठी चार्ज गर्दा नेपाल विद्यार्थी संघका विद्यार्थी घाइते बनाएको र निबर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकणमा घुष लेनदेनको अडियो सार्वजनिक भएपछि कारवाही माग गर्दै जुलुसमा निकालेका  विद्यार्थीहरुले भ्रष्टाचारीलाई कारबाही गर , कमिसनको खेल तत्काल बन्द गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा सहित प्रधानमन्त्रीको राजिनामा माग गर्दै सदरमुकामको इलाम बजार लगायत देशै भरी नेपाल विद्यार्थी संघले शनिबार साँझ प्रदर्शन गरेको हो  ।
इलामको ठुलो टुडिखेलबाट शुरु भएको मसाल जुलुस चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघ इलामका कार्यबहाक अध्यक्ष प्रकाश भट्टराईले यो सरकार पट्क पट्क जनता झुक्याउने काम गरेको भन्दै प्रधानमन्त्रीले नैतीकताको आधारमा रजिनामा दिनुपर्ने बातएका छन । उनले वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासमै नालयक रहेको बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता