सेक्युरिटी प्रेस खरिद प्रकरण : प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपीशर्मा ओली, निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मकवानपुर हेटौंडाका आनन्दराम पौडेल र बाँके नेपालगञ्जका प्रेमबहादुर शाहीले आइतबार प्रधानमन्त्री ओली, विर्तमान सञ्चारमन्त्री बाँस्कोटा, नेपाल सेक्युरिटी प्रेसका सिईओ विकल पौडेल र तत्कालीन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
उनीहरुले विशेषत निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड कमिशन मागेको भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।
गत विहीबार मात्रै सेक्युरेटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।
पौडेल र शाहीको उजुरीमा प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण भेटाउँदा पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायित्व र कर्तव्य रहेकोमा उक्त प्रमाण लुकाएकाले प्रधानमन्त्री ओलीपनि उक्त घटनामा संलग्न र मतियार रहेको स्वतः पुष्टि भएको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता