टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु


काभ्रेपलान्चोक, ३ चैत । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको ज्यान गएको छ । ज्यान जानेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी माया गोले र उनकी छोरी स्मारीका गोलेको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शीर मेमोरियल बनेपामा लगिएको भए पनि उपचारको क्रममा उनीहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।

टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । टिपरले मारेको भन्दै पनौतिबस पार्कमा मृतकका आफन्तले सडक अवरोध गरेका छन्। अवरोधलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि आफन्त तथा स्थानीय थप आक्रोसित बनेका छन् ।
भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरी बीटमा समेत स्थानीयले ढुंगामुढा गरेपछि पनौती तनावग्रस्त बनेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता